आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, के मा कति बढ्यो ? « Khabarhub

आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, के मा कति बढ्यो ?


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले पेट्रोल र डिजल–मट्टितेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २–२ रुपैयाँले वृद्धि गरेको हो।

हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत रहेको निगयमले जनाएको छ। निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले बुधबार बेलुका विज्ञप्ति जारी गर्दै इण्डियन आयल कर्पोरेशनले पछिल्लो पटक पठाएको मूल्य सूचीअनुरूप मूल्य समायोजन गरिएको जनाएका हुन्।

‘पेट्रोलियम पदार्थको नयाँ अन्तराष्ट्रिय बजार मूल्य बमोजिमको खरिद मूल्य केही बढेर आएको हुँदा मूल्य समायोजन गरिएको हो ।’ जारी विज्ञप्तिमा भनिएको छ ‘साविकको पेट्रोल र डिजल–मट्टितेलको खुद्रा विक्री मूल्यमा प्रतिलिटर दुई ले वृद्धि गरी मूल्य समायोजन गरेको छ भने हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य हाल यथावत नै राखिएको छ।’

मूल्य समायोजन गरेपश्चात् नेपाल तर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य १८.६७ रुपैयाँ प्रतिलिटरले सस्तो र डिजेलको खुद्रा बिक्री मूल्य १८.२७ रुपैयाँ प्रतिलिटरले नेपालतर्फ सस्तो हुन गएको निगमले जनाएको छ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  ८ : ४० बजे

शेरबहादुर देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा छ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर

टासी ल्हाजोमलाई रास्वपाको अन्याय, घण्टीघरमा रातभर धर्ना बसे कर्णालीका नेता 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय घण्टीघरमा हुम्लाका

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा