सूचना प्रविधि विधेयक सच्याउन माग « Khabarhub

सूचना प्रविधि विधेयक सच्याउन माग


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिबाट अगाडि बढाइएको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने भन्दै सच्याउन माग गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले आज एक विज्ञप्तिमार्फत यो विधेयक संविधानको प्रतिकूल हुने र नागरिकका मौलिक अधिकार हनन हुने आरोप लगाउँदै विधेयक सच्याएर अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

खाणले नेपालको संविधानले नेपाली नागरिकको स्वतन्त्रता, नागरिक अधिकार, मौलिक अधिकारको सुनिश्चितता गरेको उल्लेख गर्दै नागरिक स्वतन्त्रता र अधिकारको रक्षा गर्ने दायित्व राज्यको भएको जनाए ।

कुनै पनि बहानामा आम नागरिकका स्वतन्त्रता र अधिकार कुण्ठित गर्ने र संविधानको प्रतिकूल ऐननियम बनाउने कदमप्रति कांग्रेस संसदीय दलले विरोध गर्ने जनाएको छ ।

प्रमुख सचेतक बालकृष्ण खाणले संविधानको प्रावधानको प्रतिकूल हुने र नागरिकका विचार एवं अभिव्यक्ति स्वतन्त्रता विरुद्धका कदमप्रति सबै पक्षलाई अग्रसर हुन पनि आग्रह गरे ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १० : २२ बजे

देशभर मनसुनी वर्षाको प्रभाव, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एक रुपैयाँको सिक्कामा समेटिने भनिएको नयाँ नक्साबारे भारतीय मिडियामा चर्चा

काठमाडौँ – नेपाल राष्ट्र बैंकले जारी गर्ने नयाँ सिक्कामा समेटिने

दीपेन्द्रसिंह ऐरीले क्यानडा सुपर ६० लिग खेल्ने : भ्यानकुभरले गर्‍यो अनुबन्ध

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी क्यानडामा

विश्वकप लिग-२: पहिलो खेलमा आज नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलाका लागि

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर