सूचना प्रविधि विधेयक सच्याउन माग | Khabarhub Khabarhub

सूचना प्रविधि विधेयक सच्याउन माग


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिबाट अगाडि बढाइएको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने भन्दै सच्याउन माग गरेको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले आज एक विज्ञप्तिमार्फत यो विधेयक संविधानको प्रतिकूल हुने र नागरिकका मौलिक अधिकार हनन हुने आरोप लगाउँदै विधेयक सच्याएर अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

खाणले नेपालको संविधानले नेपाली नागरिकको स्वतन्त्रता, नागरिक अधिकार, मौलिक अधिकारको सुनिश्चितता गरेको उल्लेख गर्दै नागरिक स्वतन्त्रता र अधिकारको रक्षा गर्ने दायित्व राज्यको भएको जनाए ।

कुनै पनि बहानामा आम नागरिकका स्वतन्त्रता र अधिकार कुण्ठित गर्ने र संविधानको प्रतिकूल ऐननियम बनाउने कदमप्रति कांग्रेस संसदीय दलले विरोध गर्ने जनाएको छ ।

प्रमुख सचेतक बालकृष्ण खाणले संविधानको प्रावधानको प्रतिकूल हुने र नागरिकका विचार एवं अभिव्यक्ति स्वतन्त्रता विरुद्धका कदमप्रति सबै पक्षलाई अग्रसर हुन पनि आग्रह गरे ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १० : २२ बजे

केन्द्रीय समिति भङ्ग गरी महाधिवशेन आयोजक समिति बनाउने माओवादी ‘हेडक्वार्टर’को प्रस्ताव

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मौजुदा केन्द्रीय समिति

सञ्‍चारमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम सिफारिस

काठमाडौं – पत्रकार जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा

मनाङमा नेपाल टेलिकमको फोरजी सेवा सुरु

काठमाडौं– नेपाल टेलिकमले मनाङमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले भू–धरातलीय

भाटभटेनी सुपरमार्केट पुनर्निर्माणमा सघाउने अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सको प्रस्ताव

काठमाडौँ- अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालले जेन-जी आन्दोलनकारीले तोडफोड र