गण्डकी प्रदेशसभा बैठक पुस २३ देखि « Khabarhub

गण्डकी प्रदेशसभा बैठक पुस २३ देखि


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले पुस २३ गतेदेखि प्रदेशसभा बैठक बस्ने र त्यसका लागि गण्डकी प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको पुस १४ गते पोखरामा बसेको बैठकका निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सो जानकारी दिए ।

नवलपरासी बर्दघाट सुस्त पूर्वस्थित धवादी फलाम खानीमा प्रदेश सरकारले तीन प्रतिशत शेयर खरिद गर्ने र सोही बराबर हिस्साबापत १२ करोड लगानी गर्ने प्रस्ताव बैठकले स्वीकृत गरेको छ ।

बैठकले फलाम खानीमा थप ४८ करोड शेयर लगानीका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग अनुरोध गर्ने निर्णयसमेत गरेको उनले जानकारी दिए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयलाई प्रदेश भवन निर्माणसम्बन्धी विधेयक २०७६ को मस्यौदा तयार गर्न सैद्धान्तिक स्वकृति दिने निर्णय गरेको बताउँदै उनले प्रदेश सरकार गठनसँगै सरकारका कार्यालयहरुको भौतिक व्यवस्थापन विषय संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले निर्माण मापदण्ड राख्नुपर्ने विधेयक बनाउन लागिएको बताए ।

यसैगरी बैठकले प्रदेश सिँचाइसम्बन्धी विधेयक २०७६ मस्यौदा तर्जुमाका लागिसमेत सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । यसअघि प्रदेशसभाका सम्पन्न चारवटा बैठकले विभिन्न ३० वटा विधेयक पारित गरेको छ ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १० : ४५ बजे

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको