मधेशी दलसँग कुनै एजेन्डा नै छैन : प्रभु साह « Khabarhub

मधेशी दलसँग कुनै एजेन्डा नै छैन : प्रभु साह


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले मधेशी दल एजेन्डाविहिन बनेको बताएका छन् ।

काठमाडौँस्थित सभागृहमा जारी नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकमा आफ्नो प्रदेशको राजनीतिक अवस्थाबारे जानकारी गराउदै अध्यक्ष साहले हरेक गतिविधिमा नेकपाले नेतृत्व लिदा मधेशी दलसँग गर्नका लागि कुनै काम नै बाँकी नरहेको जीकिर गरे ।

बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा अध्यक्ष साहले विभिन्न घेराबन्दी तथा असहज परिस्थितिका बाबजुद पनि नेकपाले जनपक्षिय तथा सर्वपक्षिय कामहरुको नेतृत्व लिन सफल भएको बताए ।

‘गरीब किसानका हकहितका लागि हामी निरन्तर संघर्ष गर्दै विभिन्न प्राकृतिक विपत्तिहरुबाट पीडित जनतालाई तत्काल राहत दिलाउन तथा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न, लोकसेवा आयोगमा समानुपातिक समावेशी प्रतिनिधित्व, सार्वजनिक यातायातमा सीट आरक्षण तथा भाडा सहुलियत कार्यान्वयनका लागि पहल र अंगीङ्कृत नागरिकको सन्तानलाई कानूनबमोजिम नागरिकता प्रदान गर्नुपर्नेजस्ता जनपक्षिय जनसरोकारका विषयहरुमा पनि हामी निरन्तर नेतृत्वदायी भुमिका विर्वाह गर्दै आएका छौँ,’ अध्यक्ष साहलाई उधृत गर्दै ती नेताले भने ।

‘मैथली, भोजपुरी, अवधि लगायतको अन्य राष्ट्रिय भाषा एवं संस्कृतिको विकास र प्रवर्द्धनमा जोड गर्दै नेपालको ईतिहासमै पहिलो पटक राष्ट्रिय विभुति सीताको जन्मजयन्ती भव्यताका साथ मनाउन शुरु गरिएको छ । जनतामा रहेको साम्प्रदायिक विद्वेष एवम् संविधान र राज्यका विभिन्न तहका क्षेत्राधिकारबारे भ्रम हटाउन संघ, प्रदेश र स्थानीय तहसहितको नेतृत्वको उपस्थितिमा सयौँ सभाहरुको आयोजना गरेका छौँ ,’ उनले भने ।

गत फागुन २५ गते रौतहटको गरुडामा नेकपा प्रदेश कमिटीले आयोजना गरेको वृहत जनसभामा रहेको लाखौँ जनसहभागिताले पार्टी पंक्तिमा उर्जा र उत्साहमा वृद्धि हुनुका साथै आम जनतामा प्रदेश नम्बर २ मा कम्युनिस्ट पार्टी कमजोर छ भन्ने भ्रमसमेत चिरिएको अध्यक्ष साहको दाबी छ ।

“प्रदेश नं. २ र स्थानीय तहमा मौलाउदै गएको भ्रष्टाचार रोक्न हामीले “भ्रष्टाचारविरुद्ध जनअभियान” नै सञ्चालनमा ल्याएका छौँ । जसअन्तर्गत ब्रोसर, पर्चा, पम्पलेट, गीत, नाटक र मोटरसाइकल र्याली जस्ता प्रचारात्मक प्रारम्भिक गतिविधिहरु गरिएको छ । साथै शिक्षामा गुणस्तरीयता एवं साक्षरता अभिवृद्धिको लागि पनि विभिन्न कार्यहरु गरिएको छ । विकास कार्यलाई प्रभावकारी बनाउन जिल्लास्तरमा विभिन्न ढङ्गको सभा गर्दै राष्ट्रिय गौरवका आयोजनाहरुको प्रभावकारी कार्यान्वयन गर्न यही मङ्सिर १० गते निजगढमा एउटा भव्य सभाको आयोजना गरियो । नेपालको ईतिहासमा विकासको लागि सभा गर्ने कार्यको शुरुवात नै प्रदेश नं. २ बाट भएको छ,” अध्यक्ष साहको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

‘जसरी हामीले प्रदेशको समग्र विकासका लागि चौतर्फी ढङ्गले अगाडि बढेका छौँ जसका कारण अन्य विपक्षी दल चाहेर पनि हाम्रो विरुद्ध केही गर्नसक्ने स्थिति छैन,’ अध्यक्ष साहलाई उधृत गर्दै अर्का एक केन्द्रिय सदस्यले भने ‘हालै सम्पन्न उपनिर्वाचको मत परिणामले पनि त्यही संकेत गर्दछ । यो प्रदेशमा हाम्रो पार्टीको मत र सीट गुणात्मक वृद्धि भएको व्यहोरा अनुरोध छ । एक मात्र गाउँपालिका अध्यक्षको निर्वाचनमा पहिला राजपाले जितेको मधेशवादीको गढ मानिने पिपरा गाउँपालिका अध्यक्ष हामीले जितेका छौँ ।’

उनले भने, ‘हामीले पहिला उम्मेदवारी नदिन नसकेको र उम्मेदवारी दिए पनि जमानत जफत भएका वडाहरुमा समेत हामी थौरै मतान्तरले दोस्रो भएका छौँ । अधिकांश सिमाना क्षेत्रमा भएको यो उपनिर्वाचनमा सिरहाको वडा हामीले जितेका छौँ भने पर्साको एउटा वडाबाहेक बाँकी सबैमा हाम्रो गुणात्मक मत बढेको छ । विगतको तुलनामा दुइटा वडा बढी जितेको संघीय समाजवादी फोरमले अन्य ४ वडामा कतै उम्मेदवारी दिन सकेन भने कतै जमानत जफत भएको स्थिति छ । राजपा र कांग्रेसको स्थिति झन खस्किदो छ ।’

मधेशी जनता नेकपासँग गोलबन्ध भएर अगाडि बढ्न तयार रहेको बताउदै अध्यक्ष साहले अब प्रदेश कम्युनिस्टमय हुने दाबी गरेका छन् ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ८ : ३२ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते