नेकपा केन्द्रीय कमिटी बैठक : ११ समूहको प्रतिवेदन पेस हुँदै « Khabarhub

नेकपा केन्द्रीय कमिटी बैठक : ११ समूहको प्रतिवेदन पेस हुँदै


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा आज ११ वटा समूहको  प्रतिवेदन प्रस्तुत हुँदैछ ।

समुहगत छलफल सकेर विभिन्न १५ वटा समूहले तयार पारेको प्रतिवेदन आज पनि शीर्ष नेतृत्वसामु प्रस्तुत हुदैछ । यसअघि शुक्रबारको बैठकमा विभिन्न ४ वटा समूहले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समूहगत छलफलबाट आएका सुझावलाई प्रतिवेदनका रुपमा पेश गर्दै पार्टीमा गुटबन्दी मौलाएको र पार्टी विधान विपरीत सञ्चालन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समूह २ बाट कमला रोका, समूह ६ बाट दीनानाथ शर्मा, समूह १३ का नेता लेखनाथ न्यौपाने र समूह ९ का नेता भगवती चौधरीले आ–आफ्नो समूहको प्रतिवेदन पेश गर्दै सरकार र पार्टी सञ्चालनको आलोचना गर्दै विधिसङ्गत रुपमा सञ्चालन हुनुपर्ने सुझाव दिएका छन ।

११ बजेदेखि राष्ट्रिय सभा गृहमा सुरु हुने बैठकमा आज पनि विभिन्न सूहका नेताहरुले समूह सदस्य दिएको सुझावका आधारमा तयार भएको प्रतिवेदन प्रस्तुत गर्ने केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिए ।

बैठकले समुहगत रुपमा प्रस्तुत गरिएको सुझावलाई एकीकृत गरी एउटै प्रतिवेदन बनाएर पास गरिनेछ ।

बैठकले नेकपाको प्रस्तावित महाधिवेशनको मितिकाबारेमा आवश्यक निर्णय गर्नेछ भने पार्टी सुदृढीकरणकका लागि देशव्यापी रुपमा संचालन हुने ५ महिने अभियानको निर्क्यौल गर्नेछ ।

एमसीसी र पोलिटब्यूरो गठनका बिषयमा भने पार्टी सचिवालयलाई नै निर्णय गर्ने गरी छाडिने तयारी भएको बुझिएको छ । बैठक आइतबार समापन हुनेछ ।

 

 

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  १० : १२ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष