विवाह कार्डमा बेहुलाबेहुलीको जन्ममिति अनिवार्य ! « Khabarhub

विवाह कार्डमा बेहुलाबेहुलीको जन्ममिति अनिवार्य !


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- बालविवाह रोक्न उदयपुरमा नयाँ तरिका अपनाइएको छ । उदयपुरमा केही दिनयता छापिएका विवाहका कार्डमा दुलाहा र दुलहीको जन्ममिति राख्न थालिएको छ ।

विवाहको कार्ड छाप्दा छापाखानाले विवाह हुने युवा युवतीको जन्मदर्ता वा नागरिक्ता हेरेर जन्ममिति खुलाउन थालेका छन् ।

नेपालको कानूनमा वालविवाहलाई दण्डनिय अपराधका रुपमा राखेर “विहेवारी २० वर्षपारी” भन्ने अभियान चलाईएको छ । तर पनि वालविवाहका घटना अझै बेलाबेला भईरहेकाछन् । यस्तै अवस्थालाई मध्यनजर गर्दै उदयपुर प्रहरीको सक्रियतामा दुलहा र दुलहीको उमेर एकिन गर्न विवाहको निम्तो कार्डमै उमेर खुलाउनुपर्ने व्यवस्था शुरु गरिएको हो ।

उदयपुर प्रहरीको सकृयतामा छापाखानाहरुलाई कार्डमा उमेर खुलाउन अभियानताहरुले पत्रचार गरेपछि छापाखानाले जन्म मिति सहितको कार्ड छाप्न थालेको हो ।

गत मंसिरमा जिल्ला प्रहरीले वालविवाह भईरहेको अवस्थामा बेहुला बेहली, आफन्त र जन्तीलाई पक्राउ गरेको थियो । सो क्रममा जन्तीहरुले विवाहको निम्तो मान्न आउदा उमेर सोधेर आउने कुरा भएन भन्ने तर्क गरेका थिए । सो घटनापछि जिल्ला प्रहरीले कर्डमै उमेर खुलाउने काममा सक्रियता देखाएको छ ।

सरकार र अभियानताले वालविवाह रोक्न लामो समयदेखि बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकाछन् । सरकारले वालविवाह गरे वा संलग्न भएको पाईएमा तीन वर्ष कैद र ३० हजारसम्म जरीवाना हुने कानूनी व्यवस्था छ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  १२ : ०७ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको