नेकपाका स्थानीय नेतामाथि कुटपिट « Khabarhub

नेकपाका स्थानीय नेतामाथि कुटपिट


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा एक जना नेकपाका स्थानीय नेतामाथि कुटपिट भएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका वडा न १० का नेकपाका वडा कमिटी अध्यक्ष प्रकाश लावडमाथि कुटपिट भएको हो । उनलाई शुक्रबार दिउँसो वडा नं १० को कार्यालयकै प्रांगणमा आक्रमण भएको थियो ।

स्थानीय त्रिलोक विष्टले आफूमाथि कुटपिट गरेको उनको दाबी छ ।

उनले आफूमाथि जातिय विभेद गर्दै कुटपिट भएको बताएका छन् ।

आफूलाई कुटपिट गर्नेले मदिरा सेवन गरेको र कुटपिट भइरहँदा वडाका कर्मचारीहरु पनि केही नबोलेको उनको भनाइ छ ।

पीडित लावडको जिल्ला अस्पतालमा उपचार गरिएको छ ।

लावडको बायाँ हातको कुहिनो माथिको जोर्नी खुस्किएको र दायाँ हातको बुढी औला भाँचिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर वसन्तराज जोशीले बताए ।

कुटपिट गर्ने विष्टलाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ३ : ०६ बजे

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

ताप्लेजुङ– ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

गुल्मी– एक सातादेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण गुल्मीका मुख्य

अपाङ्ग नवजीवन केन्द्रका विद्यार्थीलाई शिवम् सिमेन्टको न्यानो कपडा तथा शैक्षिक सामग्री

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले अपाङ्ग नवजीवन केन्द्रमा अध्ययनरत विशेष क्षमता

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना