नेकपाका स्थानीय नेतामाथि कुटपिट « Khabarhub

नेकपाका स्थानीय नेतामाथि कुटपिट


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा एक जना नेकपाका स्थानीय नेतामाथि कुटपिट भएको छ ।

बैतडीको दशरथचन्द नगरपालिका वडा न १० का नेकपाका वडा कमिटी अध्यक्ष प्रकाश लावडमाथि कुटपिट भएको हो । उनलाई शुक्रबार दिउँसो वडा नं १० को कार्यालयकै प्रांगणमा आक्रमण भएको थियो ।

स्थानीय त्रिलोक विष्टले आफूमाथि कुटपिट गरेको उनको दाबी छ ।

उनले आफूमाथि जातिय विभेद गर्दै कुटपिट भएको बताएका छन् ।

आफूलाई कुटपिट गर्नेले मदिरा सेवन गरेको र कुटपिट भइरहँदा वडाका कर्मचारीहरु पनि केही नबोलेको उनको भनाइ छ ।

पीडित लावडको जिल्ला अस्पतालमा उपचार गरिएको छ ।

लावडको बायाँ हातको कुहिनो माथिको जोर्नी खुस्किएको र दायाँ हातको बुढी औला भाँचिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर वसन्तराज जोशीले बताए ।

कुटपिट गर्ने विष्टलाई प्रहरीले शुक्रबार साँझ नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ३ : ०६ बजे

नेपाली चेपाङ विद्यार्थीहरूले बनाएको उपग्रह चीनबाट सफल प्रक्षेपण

बेइजिङ– नेपालका चेपाङ विद्यार्थीहरूले बनाएको स्लिपर्स टु स्याट स्याटेलाइट बुधबार

जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

लालबहादुर थापा एमाले सचिवमा उठ्ने, भन्छन्: ओलीको नेतृत्वमा देशलाई अघि बढाउँछौँ

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य लालबहादुर थापाले ११ औँ

एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ महाधिवेशनको उद्घाटनस्थल

आईजीपी कार्कीलाई पनि बयानका लागि जाँचबुझ आयोगले बोलायो

काठमाडौँ– भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझ गर्न बनेको