नयाँ वर्षमा हेटौँडा–काठमाडौं सुरुङमार्ग निर्माण थालनी हुने « Khabarhub

नयाँ वर्षमा हेटौँडा–काठमाडौं सुरुङमार्ग निर्माण थालनी हुने


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंंडा– वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ वर्ष २०७७ मा सुरुङमार्ग निर्माण थालनी हुने बताएका छन् ।

प्रदेशसभाको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिवार आयोजित कार्यक्रममा उनले यस्तो प्रदेशका १३ वटै जिल्लाको आवश्यकता बनेको हेटौँडा–काठमाडौं सुरुङमार्गको डीपीआरको काम फागुनभित्र सकिएर चैतमा निर्माणका लागि बोलपत्र आह्वान गरिने जानकारी दिए ।

मुख्यमन्त्री पौडेलले काठमाडौँसँग जोडिने हेटौँडाका सबै मार्गहरु छ महिनाभित्र स्तरोन्नती र आरामदायी हुने जानकारी दिए ।

उनले हेटौँडाबाट काठमाडौँ जाने छोटो बाटोमध्येको भैँसे–भिमफेदी सडकखण्डको केही दिनमा नै बोलपत्र आह्वान गरिने जानकारी गराउँदै भिमफेदी–कुलेखानी सडकखण्ड निर्माणका लागि भने निर्माण सामग्रीसमेत झरिसकेको बताए । प्रदेश राजधानी जोडिने सबै सडक अब फराकिला र स्तरीय हुने उनले जानकारी गराए ।

प्रदेश राजधानीको स्थायित्व टुङ्गो नलागकेका कारण भौतिक निर्माणमा ढिलाइ भएकाले अब तीव्रगतिमा भौतिक संरचना निर्माण हुने मुख्यमन्त्री पौडेलको भनाइ छ । उनले अब प्रदेशसभाको अर्को अधिवेशन नयाँ भवनमा हुने र प्रदेशसभा सदस्यहरुको आवासक्षेत्र निर्माणमा समेत प्रदेश सरकार जुटेको बताए ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ५ : २५ बजे

उपत्यकाको वायु खतरनाक, मौसमविद् भन्छन्- १२ वटा चुरोटको धुवाँ बराबर असर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वायु गुणस्तर

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको चालु (सातौँ) अधिवेशन अन्त्य गरिएको छ ।

करिब एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

काबुल- लगभग एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा– जिल्ला अस्पताल बाजुरामा उपचाररत एक सुत्केरीको आज हेलिकप्टरमार्फत उद्धार

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, एकै रातमा १२२ जना पक्राउ

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले गए राति पोखराका पाँच ठाउँमा