धुर्मुसले बनाउन शुरु गरेको रंगशालालाई गल्छी गाउँपालिकाले दियो १०० टिपर बालुवा « Khabarhub

धुर्मुसले बनाउन शुरु गरेको रंगशालालाई गल्छी गाउँपालिकाले दियो १०० टिपर बालुवा


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको गल्छी गाउँपालिकाले चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १०० टिपर बालुवा उपलब्ध गराइएको छ । आज धादिङबाट १०० वटा टिपरले बालुवा रङ्गशाला ल्याएका हुन् ।

गल्छी गाउँपालिका वडा नं ४ का अध्यक्ष राजु अधिकारीले एक टिपरमा २६५ क्युफिट रहेको र प्रति टिप मूल्य रु ३० हजार हाराहारी पर्ने जानकारी दिए । सबै बालुवा रु ३० लाख बराबरको रहेको थियो ।

गाउँपालिकाले बालुवा र धोएको खर्च बेहोरेको र नेपाल टिपर तथा ट्रक व्यवसायी समिति कलङ्कीले ढुवानीको व्यवस्था गरेको उनले जानकारी दिए ।

भरतपुर महानगरपालिका वडा नं १५ रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । रङ्गशालामा रु ५० करोड सङ्कलन गर्ने लक्ष्यका साथ आइतबारदेखि धनधान्याञ्चल महायज्ञसमेत लगाइँदै छ ।

रु दुई अर्ब ५० करोडको लगानीमा जनस्तरबाट रङ्गशाला निर्माण गर्न लागिएको हो । यसको नेतृत्व धुर्मुश सुन्तली फाउण्डेसनले गरेको छ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ७ : ०४ बजे

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्

राप्रपामा रोकिएन एमालेसँग मिल्दा चर्किएको विवाद, केन्द्रीय कार्यालय घेर्दै बागमतीका नेताहरू

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यकारिणी समितिले गरेको कारबाहीविरुद्ध