पृथ्वीराजमार्ग हुँदै लागुऔषध ओसारपोसार बढ्यो « Khabarhub

पृथ्वीराजमार्ग हुँदै लागुऔषध ओसारपोसार बढ्यो


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँ जिल्लामा लागुऔषधको मुद्दा बढ्दै गइरहेको छ । पृथ्वीराजमार्गको ७२ किमी खण्ड ओगटेको तनहुँ जिल्लामा राजमार्ग हुँदै लागुऔषध ओसारपोसार वर्षेनी बढेको हो ।

पछिल्लो समय लागुऔषध कारोवारी पक्राउ परेको तथ्याङ्कले पनि जिल्ला लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट ’का रुपमा प्रयोग हुँदै आएको देखिएको छ । यसजिल्ला हुँदै गोरखा, लमजुङ, पोखरा, पर्वत, म्याग्दी, बागलुङसम्म लागुऔषध ओसारपसार हुने गरेको प्रहरीले जनाएको छ ।

तीन वर्षको अवधिमा जिल्लामा लागुऔषधको मुद्दा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । आर्थिक वर्ष २०७३/७४ मा २७, २०७४/७५ मा ४० र २०७५/७६ मा ७० लागुऔषधसहित पक्राउ परेका थिए ।

जिल्लामा दर्ता हुने कूल मुद्दामध्ये लागुऔषधको मुद्दा दोस्रो स्थानमा रहेको बताइएको छ । “लागुऔषध प्रयोगकर्ता पक्राउको क्रमले पनि जिल्लामा लागुऔषध प्रयोगकर्ता बढिरहेको देखाएको छ”, उनले भने ।

लागुऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले लागुऔषध कारोवारमा संलग्नको खोजीकार्य तीव्र पारेको छ । “पृथ्वीराजमार्गमा पर्ने तनहँ खण्ड हुँदै अन्य जिल्लामा लागुऔषध ओसारपसार हुने गरेको तथ्याङ्कले देखाएको छ”, प्रहरी उपरीक्षक सिलवालले भने, “सस्तो मूल्यमा खरीद गरेर महङ्गोमा बिक्री गर्न पाइने भएपछि युवायुवती लागुऔषधको कारोवारमा लागेका छन् ।”

रात्रिकालीन बसबाट बढी मात्रामा लागुऔषध ओसारपसार हुने गरेकोले रात्रिकालीन जाँचको क्रमलाई तीव्र पारिएको प्रहरीले जनाएको छ । लागुऔषध न्यूनीकरणका लागि सचेतना कार्यक्रम समेत सञ्चालन हुँदै आएको छ । जिल्लामा बढी मात्रामा ट्याब्लेट, इन्जेक्सन र गाँजा प्रयोग हुने गरेको तथ्याङ्कले देखाउँदछ ।

लागुऔषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि प्रहरीले व्यास नगरपालिकाको सहकार्यमा कानूनी तथा मनोसामाजिक परामर्श केन्द्रसमेत स्थापना गरेको छ । लागुऔषध मुद्दामा पक्राउ परेकालाई यस केन्द्रमा निःशुल्क परामर्श दिई यसको नकारात्मक असरबारे अध्ययन गराइने छ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ८ : ०७ बजे

उपत्यकाको वायु खतरनाक, मौसमविद् भन्छन्- १२ वटा चुरोटको धुवाँ बराबर असर (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वायु गुणस्तर

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको चालु (सातौँ) अधिवेशन अन्त्य गरिएको छ ।

करिब एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

काबुल- लगभग एक हजार अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा– जिल्ला अस्पताल बाजुरामा उपचाररत एक सुत्केरीको आज हेलिकप्टरमार्फत उद्धार

पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’, एकै रातमा १२२ जना पक्राउ

गण्डकी– जिल्ला प्रहरी कार्यालय, कास्कीले गए राति पोखराका पाँच ठाउँमा