कामको प्रचार हुन नसक्दा सरकारको आलोचना भयो : मन्त्री बाँस्कोटा « Khabarhub

कामको प्रचार हुन नसक्दा सरकारको आलोचना भयो : मन्त्री बाँस्कोटा


१८ माघ २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले गरेका कामको प्रचार हुन नसक्दा पार्टीमा आलोचना भएको बताएका छन् ।

राष्ट्रिय सभागृहमा जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसंग सङ्क्षिप्त कुराकानी गर्दै उनले बैठकमा स्वभााविकरुपमा सरकारको राम्रो कुरा मात्र नआउने भन्दै कमजोरी कुरा पनि केलाइने भएकाले आलोचना भएको बताए ।

“सरकारको आलोचना केही साथीले गर्नुभएको छ । कम्युनिष्ट पार्टीमा आलोचना हुनु स्वाभिक हो । कतिपय थाहा नभएर, कतिपय बुझेर र कतिपय गर्ने पर्ने कारणले आलोचना भएको हो”, मन्त्री बाँस्कोटाले भने, “हामीले सरकारले गरेका उपलब्धिलाई प्रचार गर्न नसकेर आलोचना भएको हो ।”

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री बाँस्कोटाले बैठकमा सरकारले गरेका निकै राम्रा उल्लेखित कार्यलाई संलेषित गर्न जरुरी रहेको बताए ।

उनले सरकारका कामलाई पार्टी पङ्क्तिले सतही आधारमा विश्लेषण नगरी गम्भीर ढङ्गले अध्ययन गर्नुपर्ने बताए । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले सरकार अहिले मुलुकलाई आधार विन्दुबाट उठेर क्रमशः परिमाण देखिने विन्दुमा आउन थालेको जानकारी दिए ।

उनले भने “पार्टीको एकता जुन उचाइ र गहिराइबाट भएको छ । यसले पार्टीको मूलमर्म, भावना, गति र युगीन चुनौतीलाई कार्यभार पूरा गर्ने छ । ” “पार्टी कसैलाई रहर लागेर बनेको होइन । विभिन्न टुटफुट र विभाजनको अवस्थाबाट बनेका हो”, उउनले“त्यसैले केन्द्रीय कमिटी बैठकमा विभिन्न विचार आउँछन् । त्यसलाई छलफलका माध्यमबाट समाधान गर्नुपर्दछ ।”

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार  ८ : ४८ बजे

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि

रौतहटमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु

जनकपुरधाम – आपसी विवादमा रौतहटको गजुरा नगरपालिका–५ हरिपुरमा आज एक

माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

गण्डकी – काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका