कोरोनाबाट एक अमेरिकी नागरिकको मृत्यु भएपछि वासिङ्टनमा आपतकाल घोषणा | Khabarhub Khabarhub

कोरोनाबाट एक अमेरिकी नागरिकको मृत्यु भएपछि वासिङ्टनमा आपतकाल घोषणा


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको मृत्यु भएको छ । वाशिङ्टनमा उपचारका क्रममा नर्थ वेष्ट राज्यका एक पुरुषको मृत्यु भएको हो ।

कोरोनाका कारण एक जनाको मृत्यु भएपछि वाशिङ्टनका गभर्नरले आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको सम्भावित खतरासँग लड्न अमेरिका तयार रहेको बताएका छन् ।

यसअघि चीन र इरानसँगको यात्रामा कडाइ गरेको अमेरिकाले इटली र दक्षिण कोरियासँगको यात्रामा पनि कडाइ गरेको छ ।चीनबाट फैलन सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका ६० भन्दा धेरै देशमा फैलिसकेको छ ।

२९ सय भन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ ।कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलने जोखिम अति उच्च भएको विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ ।

कोरोना फैलने क्रम तीब्र भएकाले  विश्वव्यापी जोखिम अति उच्च भएको डब्लूएचओले जनाएको छ ।

डब्लुएचओका प्रमुख डा. टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी अझ ठूलो चुनौतीको रुपमा खडा भएको जनाएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ६ : ५२ बजे

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार