टस जितेको नेपाल हङकङविरुद्ध फिल्डिङमा « Khabarhub

टस जितेको नेपाल हङकङविरुद्ध फिल्डिङमा


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसीसी ईस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा नेपालले हङकङबिरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

थाईल्याण्डको बैंककमा कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाली टिमले टिमको लाईन अपमा केही परिवर्तन गरेको छ । ओपनिङमा कप्तान ज्ञानेन्द्रसंग दिपेन्द्र सिंह ऐरी देखिएका छन् ।

यस्तै, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, कुशल मल्ल, सुसन भारी, पवन सरार्फलाई प्लेईङ सेटमा राखिएको छ ।

औसत बलिङ र कमजोर ब्याटिङको कारण नेपाल पहिलो खेलमा मलेसियासंग २२ रनले पराजित भएको थियो ।

टी–ट्वान्टीमा मात्र दुवै टोली ८ पटक भिडेका छन् । जसमा नेपाल र हङकङले समान ४-४ पटक विजयी भएका छन् ।

पहिलो पटक नेपाल र हङकङबीच सन् २०१० को एसियन गेम्समा प्रतिस्पर्धा भएको थियो । पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।

जवाफमा नेपालले २० ओभरमा ९ विकेट गुमाएर मात्र ८५ रन बनाउन सक्यो र खेलमा ३० रनको हार व्यहोरेको थियो ।

दोस्रो भेट सन् २०१२ को आईसीसी विश्व टी–ट्वान्टी छनोटमा भएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारसको अर्धशतकीय इनिङमा ६ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।

हङकङले जवाफमा ९ विकेट गुमाएर मात्र १ सय २ रन बनायो र नेपाल खेलमा २८ रनले विजयी भयो ।

सन् २०१३ को एसीसी टी–ट्वान्टी कपमा नेपाल हङकङसँग ६ विकेटले पराजित भयो । नेपालले दिएको १ सय १५ रनको लक्ष्य हङकङले १६ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

पछिल्लो पटक नेपाल र हङकङले ओमानमा गत वर्ष भएको पाँच देशीय सिरिजमा खेलेका थिए । खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । १ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले बिनोद भण्डारीको अर्धशतकमा सहज जित निकालेको थियो ।

प्रतियोगितामा नेपाल सहित मलेसिया, थाईल्याण्ड, सिंगापुर र हङकङ समावेश छन् । रोउण्ड रोबिनका आधारमा चल्ने प्रतियोगिताका शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ८ : ०० बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले