एसीसी टी– ट्वान्टी : हङकङद्वारा नेपालसामु १५५ रनको लक्ष्य प्रस्तुत « Khabarhub

एसीसी टी– ट्वान्टी : हङकङद्वारा नेपालसामु १५५ रनको लक्ष्य प्रस्तुत


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसीसी  टी – ट्वान्टी इस्टन रिजन क्रिकेट २०२० मा हङकङले नेपाललाई १ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

थाइल्यान्डमा जारी प्रतियोगिताको दोस्रो खेलमा नेपालविरुद्ध टस हारेर पहिलो ब्याटिङ गरेको हङ्कङले निर्धारित २० ओभर पुरा खेल्दै ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको हो ।

नेपालविरुद्ध हङकङका निजाकत खानले सर्वाधिक ४८ रनको योगदान दिए । उनले ६ चौका २ छक्का प्रहार गरेका थिए ।

यस्तै, कप्तान मोहम्मद अजिज खानले २९ रन, हारोन मोहम्मद अर्सदले २७ रन र शाहिद वासिफले २६ रन बनाएका थिए ।

हङकङविरुद्ध टस जितेर पहिलो फिल्डिङ रोजेको नेपालले बलिङमा शुरुवाती राम्रो गर्न नसक्दा ठूलो लक्ष्य पाएको हो ।

 नेपालका लागि स्पिनर सन्दीप लामिछाने र सुशन भारीले समान दुई–दुई विकेट लिए भने कुशल मल्लले एक विकेट लिएका थिए ।

हङकङविरुद्धको खेलमा नेपालका स्पिन बलरले राम्रो प्रदर्शन गर्दा पेश बलरले विकेट लिन सकेनन् । नेपालका लागि पेश बलिङमा करण केसी र अभिनास बोहरा थिए ।

यसअघि शनिबार भएको पहिलो खेलमा मलेसियाले नेपाललाई समान १सय ५५ रनको लक्ष्य दिएको थियो भने नेपालले सबै विकेट गुमाएर मात्रै १सय३२ रन बनाएपछि २२ रनले पराजित भएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १० : ०३ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले