कोरोना भाइरसका कारण अस्ट्रेलियामा पनि एक जनाको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरसका कारण अस्ट्रेलियामा पनि एक जनाको मृत्यु


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया– कोरोना भाइरसका कारण अस्ट्रेलियामा एक व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट अस्ट्रेलियामा ज्यान गएको यो पहिलो घटना हो ।

कोरानाभाइरसको संक्रमणबाट पश्चिम अस्ट्रोयाका एक ७८ वर्षिय वृद्धको उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

पर्थ स्थित सर चार्ल्स ग्राइड्नर अस्पतालमा आसियूमा राखेर उपचार गरिदैं आइए उनको आइतबार विहान निधन भएको हो।
ती व्यक्ति आफ्नी पत्नीसहित जापानको क्वारेन्टाइनमा परेको डायमन्ड प्रिन्सेन क्रुज सिपका यात्री मध्येका एक हुन् ।

उनकी पत्नीमा पनि परिक्षणका क्रममा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई पनि सुरक्षित तवरले उपचार गरिदैं आइएको छ ।

वेस्ट अस्ट्रेलियाका स्वास्थ्य अधिकारी डा. एन्ड्रयू रोबर्टसनले मृत्युअघि ती व्यक्तिले आफ्नी पत्नीसँग कुरा गर्न पाएका थिए ।

कोरोनासंक्रमणबाट पहिलो मृत्यु भएपनि मानिसहरू डराउनुपर्ने अवस्था नरहेको उनले बताएका छन् ।

यस्तै कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको मृत्यु भएको छ । वाशिङ्टनमा उपचारका क्रममा नर्थ वेष्ट राज्यका एक पुरुषको मृत्यु भएको हो ।

चीनबाट फैलन सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका ६० भन्दा धेरै देशमा फैलिसकेको छ । २९ सय भन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ ।

कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलने जोखिम अति उच्च भएको विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १० : ५१ बजे

चार वर्षअघि बरामद गरिएको चालीस लाखभन्दा बढीको चिनी नष्ट

पाल्हीनन्दन– यहाँको पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर भन्सार कार्यालयले ४० लाख

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरको उम्मेदवारी

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्ष पदमा सन्तोष कुँवरले

जुम्लाको राक्से पाटनमा पहिरो जाँदा १३ भेडा पुरिए

कर्णाली– तातोपानी गाउँपालिका ८ जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा चरिरहेका

प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ : प्रधानमन्त्री

सेभिया– संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका