कोरोना भाइरसका कारण अस्ट्रेलियामा पनि एक जनाको मृत्यु « Khabarhub

कोरोना भाइरसका कारण अस्ट्रेलियामा पनि एक जनाको मृत्यु


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया– कोरोना भाइरसका कारण अस्ट्रेलियामा एक व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट अस्ट्रेलियामा ज्यान गएको यो पहिलो घटना हो ।

कोरानाभाइरसको संक्रमणबाट पश्चिम अस्ट्रोयाका एक ७८ वर्षिय वृद्धको उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

पर्थ स्थित सर चार्ल्स ग्राइड्नर अस्पतालमा आसियूमा राखेर उपचार गरिदैं आइए उनको आइतबार विहान निधन भएको हो।
ती व्यक्ति आफ्नी पत्नीसहित जापानको क्वारेन्टाइनमा परेको डायमन्ड प्रिन्सेन क्रुज सिपका यात्री मध्येका एक हुन् ।

उनकी पत्नीमा पनि परिक्षणका क्रममा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनलाई पनि सुरक्षित तवरले उपचार गरिदैं आइएको छ ।

वेस्ट अस्ट्रेलियाका स्वास्थ्य अधिकारी डा. एन्ड्रयू रोबर्टसनले मृत्युअघि ती व्यक्तिले आफ्नी पत्नीसँग कुरा गर्न पाएका थिए ।

कोरोनासंक्रमणबाट पहिलो मृत्यु भएपनि मानिसहरू डराउनुपर्ने अवस्था नरहेको उनले बताएका छन् ।

यस्तै कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको मृत्यु भएको छ । वाशिङ्टनमा उपचारका क्रममा नर्थ वेष्ट राज्यका एक पुरुषको मृत्यु भएको हो ।

चीनबाट फैलन सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका ६० भन्दा धेरै देशमा फैलिसकेको छ । २९ सय भन्दा बढीको मृत्यु भएको बीबीसीले जनाएको छ ।

कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ८६ हजार नाघेको छ । कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलने जोखिम अति उच्च भएको विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  १० : ५१ बजे

एआई फर गुड ग्लोबल समिटमा भाग लिने नेपाली विद्यार्थी टोलीद्वारा सञ्चारमन्त्रीसँग भेट

काठमाडौं– संयुक्त राष्ट्रसंघीय एजेन्सी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु) ले यहि जुलाई

भेनेजुएला भूकम्प : आठ दिनपछि भग्नावशेषबाट एक व्यक्तिको सकुशल उद्धार

काटिया ला मार- भेनेजुएलामा विनाशकारी दुई भूकम्पको आठ दिनसम्म भग्नावशेषमा

बालेनले गरे सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, टियुमा डा. भोला थापा, अरुमा को ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्

बर्डफ्लु सङ्क्रमण : कुखुराको मासु र अण्डा पकाएर खान सुरक्षित छ ?

चितवन– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित

गोल्फुटार बैठकको निष्कर्ष- एकताको महाधिवेशनका सम्भावनाहरू क्षीण भएर गए

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले अहिलेको अवस्थामा एकताको महाधिवेशनका