श्रममन्त्री यादव र मौरिससका प्रधानमन्त्रीबीच भेटवार्ता « Khabarhub

श्रममन्त्री यादव र मौरिससका प्रधानमन्त्रीबीच भेटवार्ता


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले मौरिसस भ्रमणका क्रममा आइतवार प्रधानमन्त्री प्रविन्दकुमार जुगनाउथससँग भेट गरेका छन् ।

भेटका अवसरमा मन्त्री यादवले गत जुन २०१९ मा सम्पन्न श्रम समझदारीको कार्यान्वयन लगायत दुई देश वीच आपसी हितका विविध विषयमा कुराकानी समेत गरे ।

सो अवसरमा आगामी अप्रीलमा नेपालले आयोजना गर्ने सगरमाथा सम्वादमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री जुगनाउथलाई गरेको निमन्त्रणा स्मरण गराउदै यस बर्ष ‘जलवायु परिवर्तन’ शीर्षकमा सम्वाद हुन गईरहेको र नेपाल तथा मौरिसस दुवै देश यसबाट पर्ने असरबाट जोखिमयुक्त रहेकाले मौरिससको सहभागिता महत्वपूर्ण हुने कुरा मन्त्री यादवले उल्लेख गरे ।

मन्त्री यादवले नेपालको प्राथमिकता प्राप्त पूर्वाधार क्षेत्र, जलविद्युत तथा पर्यटन लगायतका क्षेत्रमा मौरिससवाट लगानीको लागि आव्हान समेत गरेका छन् ।

मौरिससका प्रधानमन्त्री महामहिम जुगनाउथदले नेपालले अन्तराष्ट्रिय स्तरको सम्वाद आयोजना गर्न लागेकोमा खुशी व्यक्त गर्दै मौरिससको तर्फबाट उच्चस्तरको सहभागिता रहने आश्वासन व्यक्त गरे ।

त्पश्चात मन्त्री यादव र मौरिससका कृषि, उद्योग तथा खाद्य सुरक्षा मन्त्री महामहिम महेन् कुमार सिरुतनसँग भएको कुराकानीमा मौरिससको कृषि क्षेत्रमा नेपाली कामदारहरुको लागि रोजगारीको सम्भावनाका बारेमा कुराकानी भएको थियो ।

यस अघि मन्त्री यादव लगायतका नेपाली प्रतिनिधिमण्डललाई मौरिसस पक्षले त्यहाँको व्यवस्थापिका नेसनल एसेम्वलीको सभा सत्र्चालनको प्रत्यक्ष अवलोकन गराएको थियो ।

शनिवार विहान मन्त्री यादवले मौरिशसका श्रम मानव श्रोत विकास तथा तालीम मन्त्री सुदेश सत्कम कालिचरनसंग गत जुनमा सम्पन्न भएको श्रम समझदारीको प्रभावकारी कार्यान्वयका लागि दुवै पक्षवाट निरन्तर सहकार्य गर्दै जाने बारेमा घनिभूत छलफल भएको बताए।

द्विवक्षीय समझदारी अनुरुपको संयुक्त कार्य समूहको वैठक बसेको थियो । उक्त अवसरमा सम्झौता अनुरुपको मर्यादित कामदार भर्नासंग सम्वन्धित सबै प्रकियाहरुका बिषयमा तथा सोसंग सम्वन्धित लागतहरुको बिषयमा समेत विस्तृत छलफल भएको छ ।

त्यसैगरी आजै मौरिसस स्थित रोजगारदाताहरुको संगठनका प्रमुख तथा प्रतिनिधिहरुसंग विदेशी कामदारको माग रहेका पूर्वाधार, होटल¸ उत्पादन¸ सुरक्षा¸ सेवा लगायतका क्षेत्रहरुका बारेमा विस्तृत छलफल भएको छ । सो अवसरमा मौरिसस पक्षले नेपाली कामदार पठाउँदा मर्यादित कामदार भर्ना प्रकृया अपनाउन जोड दिएको छ ।

साथै आज श्रम मन्त्री सहितको नेपाली प्रतिनिधिमण्डलले पोर्टलूइस स्थित बेजींग कन्सट्रक्सन कम्पनीमा नेपाली श्रमिकहरुसँग बैठक गरी आवश्यक जानकारी लिने कार्य समेत सम्पन्न भएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ११ : १४ बजे

जलवायु परिवर्तनसँग जुध्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड

काठमाडौँ – वातावरणीय प्रभावका असर नेपालमा द्रुतगतिमा देखिन थालेको भन्दै

‘सरकारले अपाङ्गता भएकाहरुलाई उपेक्षा गरेको गुनासो’

काठमाडौँ – स्पाइनल इन्जरी अर्थात मेरूदण्डको पक्षघात पीडितहरुले सरकारले आफूहरुलाई

इटहरी गोल्डकप : चर्च ब्याइज युनाइटेड काठमाडौँ फाइनलमा

काठमाडौँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण

स्ववियु निर्वाचन : ४४ आङ्गिक क्याम्पसको नतिजा सार्वजनिक

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा यही चैत ५ गते

खोलै सुकाएर विद्युत् उत्पादन गरेपछि स्थानीयको विरोध

खोटाङ – हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट विद्युत् उत्पादन गर्ने