एसीसी इस्टर्न रिजन टी– ट्वान्टी : नेपाल दोस्रो खेलमा पनि पराजित « Khabarhub

एसीसी इस्टर्न रिजन टी– ट्वान्टी : नेपाल दोस्रो खेलमा पनि पराजित


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी इर्स्टन रिजन टी–२० क्रिकेट कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

थाइल्यान्ड क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको हङ्कङले नेपाललाई १ सय ५५ रनको लक्ष्य दिएको थियो । तर, जवाफि ब्याटिङ गरेको नेपालले १८.१ ओभरमा १० विकेट गुमाएर जम्मा १ सय १० रन बनायो ।

ब्याटिङ कमजोर हुँदा नेपालले लगातार दोस्रो हार व्यहोरेको हो । हङकङविरुद्ध कप्तान ज्ञानेन्द्र मल्लले ४ चौका र १ छक्काको मद्दतमा ४६ रन बनाए भने कुशल मल्लले १९ रन अभिनास बोहराले १२ र आरिफ शेखले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

पूर्व कप्तान खड्का, उपकप्तान दीपेन्द्रसिह ऐरी, विनोद भण्डारी लगायत अनुभवी खेलाडीले सम्हालिएर ब्याटिङ गर्न नसक्दा नेपालले दोस्रो हार व्येहोरेको हो ।

यसअघि पहिलो ब्याटिङ गरेको हङ्कङले निर्धारित २० ओभर पुरा खेल्दै ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको हो । नेपालविरुद्ध हङकङका निजाकत खानले सर्वाधिक ४८ रनको योगदान दिए । उनले ६ चौका २ छक्का प्रहार गरेका थिए ।

यस्तै, कप्तान मोहम्मद अजिज खानले २९ रन, हारोन मोहम्मद अर्सदले २७ रन र शाहिद वासिफले २६ रन बनाएका थिए ।

नेपालका लागि स्पिनर सन्दीप लामिछाने र सुशन भारीले समान दुई–दुई विकेट लिए भने कुशल मल्लले एक विकेट लिएका थिए ।

हङकङविरुद्धको खेलमा नेपालका स्पिन बलरले राम्रो प्रदर्शन गर्दा पेश बलरले विकेट लिन सकेनन् । नेपालका लागि पेश बलिङमा करण केसी र अभिनास बोहरा थिए ।

यसअघि शनिबार भएको पहिलो खेलमा मलेसियाले नेपाललाई समान १ सय ५५ रनको लक्ष्य दिएको थियो भने नेपालले सबै विकेट गुमाएर मात्रै १ सय ३२ रन बनाएपछि २२ रनले पराजित भएको थियो ।

लगातार दोस्रो हारसँग अब एसिया कप क्वालिफायर पुग्ने सम्भावना घटेको छ । यद्यपी अंक गणितका आधारमा भने सम्भावना बाँकी नै छ । अब नेपालले थाइल्यान्ड र सिंगापुरसँग खेल्न बाँकी छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ११ : ३० बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले