सैनिक कर्मचारीसँगै रकम उठाउने ‘कुख्यात ठग’ पक्राउ « Khabarhub

सैनिक कर्मचारीसँगै रकम उठाउने ‘कुख्यात ठग’ पक्राउ


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शान्ति सेनामा पठाइदिने भन्दै नेपाली सेनाका कर्मचारीबाट रकम (घुस) लिने ‘कुख्यात ठग’ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडीको दशरथचन्द्र नगरपालिका–१ घर भइ हाल ललितपुरको नख्खु बस्दै आएका ३२ वर्षीय रमेश बडु छन् ।

उनले नेपाली सेनाका अहरी दमन सिंहदरबारमा कार्यरत सिपाही भीमबहादुर भण्डारीलाई शान्ति सेनामा पठाइदिन्छु भन्दै २ लाख ५० हजार रुपैयाँ घुस उठाएका थिए ।

रक्षा मन्त्रालयका तत्कालीन सचिवसँग आफ्नो राम्रो सम्बन्ध रहेको र शान्ति सेनामा पठाउन भूमिका खेलिदिने भन्दै बडुले भण्डारीबाट रकम उठाएका थिए ।

उक्त प्रकरणमा उच्च अदालत पाटनले १६ कात्तिक २०७५ मा बडुविरुद्ध २ लाख ५० हजार रुपैयाँ जरिवाना र २ महिना ४ दिन कैद सजाय सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहेका बडुले यसबीचमा नेपालको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै २ जना व्यक्तिबाट २४ लाख रुपैयाँ समेत उठाएका थिए ।

फरार रहेका बडुलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ४ : ४३ बजे

म्यान्मा : संसद् बैठकअघि १० हजारभन्दा बढी कैदी माफी

एजेन्सी– पाँच वर्षभन्दा बढी समयपछि संसद्को पहिलो बैठक बोलाउने तयारी भइरहेका

इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति

एजेन्सी– पश्चिम एसिया क्षेत्रमा तनाव बढ्दै जाँदा इरानमा फसेका भारतीयसहितका

रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना

रामेछाप – रामेछाप नगरपालिका–२ देउराली स्वामिडाँडामा चुनावका लागि मतपेटिकासहितको सामग्री

मध्यपूर्व तनावमा संयम अपनाउन आईएईएको आग्रह

एजेन्सी– इरानमा अमेरिका–इजरायल आक्रमण र त्यसपछिका जबाफी क्षेप्यास्त्र प्रहारबीच अन्तर्राष्ट्रिय

भारत–क्यानाडा व्यापार ५० अर्ब डलर लक्ष्य

एजेन्सी– भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५०