कोरोनाबारे सतर्कता अपनाउने विषयमा एन्फाद्वारा राखेपलाई पत्र  « Khabarhub

कोरोनाबारे सतर्कता अपनाउने विषयमा एन्फाद्वारा राखेपलाई पत्र 


१८ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको जनाइरहँदा यसबाट जोगिन के कस्ता सुरक्षा सतर्कता अपनाउने विषयमा खेल क्षेत्र पनि सचेत बनेको छ ।

आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोभिडो १९ अर्थात कोरोना भाइरसबाट जोगिने के कस्ता उपाय अपनाउने तथा सुरक्षा सतर्कताबारे ध्यान दिनुपर्ने विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्र पठाएको हो ।

सार्वजनिक समारोह तथा मानिसहरुको भीडभाड हुने क्षेत्रमा कोरोनाको जोखिम उच्त हुनसक्ने कुरालाई मध्यनजर गर्दै एन्फाले राखेपलाई त्यसतर्फ सचेत रहन आग्रह गरेको हो ।

एन्फाले कोरोनाको संक्रमणबाट के कसरी जोगिने र खेलहरु आयोजना गर्दा अपनाउनु पर्ने सतर्कताका विषयमा राखेपलाई पत्र पठाइसकेको महासचिव इन्द्रमान तुलाधरले खबरहबसँग बताए ।

हामीले सचेतताका लागि राखेपलाई पत्र पठाएका छौं,´ तुलाधरले भने, तत्काल कुनै निर्णय भएको छैन।´

अहिले राजधानीमा फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ को छनोटका लागि आजैदेखि राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण शुरु भएको छ। यस्तै, सहिद स्मारक बी डिभिजन लिग पनि राजधानीमा भइरहेको छ भने मोफसलमा नकआउटका फुटबल प्रतियोगिता चलिरहेका छन्।

तर, एन्फाले प्रतियोगिता रोक्ने विषयमा कुनै निर्णय नगरेको महासचिव तुलाधरले स्पष्ट पारेका छन्  । उनले यसबाट जोगिने उपाय भने खोजिरहेको बताएका छन्।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण हालसम्म २ हजार ९ सय बढीले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ८ : २९ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित