अमेरिकामा एकैदिन ७१९ को मृत्यु, थप साढे २३ हजार बढी संक्रमित | Khabarhub Khabarhub

अमेरिकामा एकैदिन ७१९ को मृत्यु, थप साढे २३ हजार बढी संक्रमित


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा निकै तीव्र रुपमा देखिएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुक हुँदै अमेरिमा तीव्र रुपमा देखिएको छ । यूरोपियन मुलुकहरुमा पनि कोरोना संक्रमणको दर भने अपेक्षानुरुप रोकिएको छैन ।

अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै ७ सय १९ जनाले ज्यान गुमाएका छन् । यो सँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ६० पुगेको छ । त्यस्तै एकै दिन २३ हजार ५ सय ५२ जना नयाँ संक्रमित देखिएका छन् । योसँगै अमेरिकामा १ लाख ८७ हजार ३ सय ४० जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये ६ हजार ४ सय ६१ जना उपचारपछि निको भएका छन् । ३ हजार ९ सय ८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने एक लाख ७७ हजार १९ जना उपचाररत छन् ।

कोरोना भाइरसका कारण संक्रमितको संख्या विश्वमा ८ लाख ५६ हजार ९ सय १० पुगेको छ । एकै दिन ७२ हजार १ सय ७२ जनामा संक्रमण देखिएको जनाइएको छ ।

विश्वव्यापी रुपमा एकैदिन ४ हजार ३ सय ३४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ । संक्रमितमध्ये १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ६ : ०६ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार सन्

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका