कारोनाभाइरस संक्रमणः २०२ देशमा ४२ हजारभन्दा बढीको मृत्यु « Khabarhub

कारोनाभाइरस संक्रमणः २०२ देशमा ४२ हजारभन्दा बढीको मृत्यु


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको संक्रमण विश्वका २०२ देशमा पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमणबाट बुधबार बिहानसम्म ४२ हजार १ सय ७ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८ लाख ५६ हजार ९ सय १७ पुगेको छ । संक्रमितमध्ये १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् ।

बितेको २४ घण्टाको अवधिमा ७२ हजार १ सय ७९ नयाँ संक्रमित देखिएका छन् । सोहि अवधिमा ४ हजार ३ सय ३४ जनाले ज्यान गुमाएका छन् ।

संक्रमितमध्ये अहिले ६ लाख ३७ हजार ६९ जनाको विभिन्न अस्पताल, आइशोलेसन तथा क्वारेन्टाइनमा राखेर उपचार गरिरहिएको छ ।

उपचाररतमध्ये ३२ हजार २ सय ९७ को अवस्था गम्भीर रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सबैभन्दा बढी संक्रमण फैलिएको अमेरिकामा बितेको २४ घण्टामा थप २३ हजार ५ सय ५९ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै अमेरिकामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ८७ हजार ३ सय ४७ पुगेको छ । ३ हजार ८ सय ६० जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने मध्ये ७ सय १९ जना नयाँ हुन् ।

त्यस्तै इटालीमा ४ हजार ५३ जना नयाँ संक्रमितसहित कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ७ सय ९२ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी १२ हजार ४ सय २८ जनाले ज्यान गुमाएका छन् ।

स्पेनमा ९५ हजार ९ सय २३ जना संक्रमित हुँदा ८ हजार ४ सय ६४ जनाले ज्यान गुमाएका छन् ।

चीनमा बितेको २४ घण्टामा नयाँ संक्रमित फेला परेको छैन भने मृत्यु पनि भएको छैन् । अहिलेसम्म चीनमा ८१ हजार ५ सय १८ संक्रमित छन् । ३ हजार ३ सय ५ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ६ : २२ बजे

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र