विश्व स्वास्थ्य स‌ंगठनको चेतावनी : एशियामा कोरोना भाइरसको महामारी नियन्त्रणमा आएको छैन | Khabarhub Khabarhub

विश्व स्वास्थ्य स‌ंगठनको चेतावनी : एशियामा कोरोना भाइरसको महामारी नियन्त्रणमा आएको छैन


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले एशियामा कोरोनाभाइरसको महामारीको अवस्था अझै नियन्त्रणमा नआइसकेको चेतावनी दिएको छ ।

डब्ल्यूएचओका क्षेत्रीय निर्देशक ताकेशी कासाईले अहिले एशियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समुदायमा कोरोनाभाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न जोड दिएका छन्।

अन्य देशमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै उनले भाइरसलाई नियन्त्रणमा लिन सफल भएका एशियाली देशले पनि आफ्नो सुरक्षा व्यवस्था कमजोर हुन नदिने वातावरण तयार गर्नुपर्ने सुझाव दिएका छन्।

चीन, दक्षिण कोरिया, सिङ्गापुर आदि देशले कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेका विवरण आइरहेका छन्।

चीनमा निकै कडा प्रतिबन्धहरू पछि भाइरस नियन्त्रणमा आएको विवरण छ। तर ताइवानमा कडा प्रतिबन्ध नलगाईकनै भाइरस नियन्त्रणमा रहेको बताइन्छ। जापानमा पनि कडा प्रतिबन्ध नलगाएका कारण भाइरस फैलिन सक्ने चिन्ता बढेको थियो।

यसैबीच विश्व ब्याङ्कले पूर्वी एशियाको अर्थतन्त्र प्रभावित हुन थालेको भन्दै त्यसबाट मुक्ति पाउनै नसकिने पीडा उत्पन्न हुने चेतावनी दिएको छ। विश्व ब्याङ्कको नयाँ पूर्वानुमानअनुसार भाइरसका कारण पूर्वी एशिया क्षेत्रको पर्यटन, व्यापार र सरसामानमा आधारित अर्थतन्त्रमा ठूलो खतरा उत्पन्न हुने देखिएको छ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ६ : ५० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर