आर्थिक वृद्धिदर २ प्रतिशत सम्म घट्न सक्छ : अर्थमन्त्री खतिवडा « Khabarhub

आर्थिक वृद्धिदर २ प्रतिशत सम्म घट्न सक्छ : अर्थमन्त्री खतिवडा


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले यो बर्ष लिएको आर्थिक बृद्धिदरको लक्ष्य कोरोना भाइरसको कारण पुरा नहुने देखिएको छ ।

कोरोना भाइरसका कारण देशको आर्थिक वृद्धिदर २ प्रतिशत सम्म घट्न सक्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन । कोरोना नियन्त्रणका लागि लिएका कदमका कारण आर्थिक वृद्धिमा असर पर्ने उनले बताएका हुन ।

हालको अवस्था हेर्दा १ देखि २ प्रतिशतसम्म आर्थिक वृद्धि घट्ने देखिएको बताउदै उनले भने ‘छोटै अवधिमा सङ्क्रमणको जोखिम सकियो भने १ प्रतिशत घट्ने देखिन्छ । लामै भयो भने २ प्रतिशतसम्म यो आर्थिक वर्षमा असर पर्न सक्ला ।’

‘यो त प्रारम्भिक अनुमान मात्र हो । सबै कुरा अहिले नै प्रक्षेपण गर्न कठिन छ’ उनले भने ‘यो सङ्क्रमणको जोखिम कहिलेसम्म रहन्छ ? विश्वव्यापी रुपमा कोरोनाको ग्राफ उभों जाँदैछ ।’

लकडाउन गरेको र सीमा बन्दको अवधिसम्म हेर्ने हो भने चैत महिना लगभग गएको अर्थमन्त्री खतिवडाले बताए । विकास निर्माणको धेरै काम हुने फागुन, चैत, वैशाख र जेठ महिना खेर जाने अवस्था आएकाले लिएको आर्थिक वृद्धि लक्ष्य पुरा नहुने देखिएको उनको भनाइ छ ।

यसैगरी फेब्रुअरी र मार्च पर्यटकको सिजन पनि खेर गयो । तेस्रो वैदेशिक रोजगारमा जानेहरुको अवस्था पनि अन्त्य भएको छ । ‘यी सबै असरहरु समग्र अर्थतन्त्रमा परेकाले हामीले जुन आर्थिक वृद्धिको लक्ष्य राखेका छौँ, त्यसमा त पुगिँदैन, स्वभाविक हो । तर, कति कम हुन्छ भन्ने कुराको हामी आँकलन गर्दैछौं’ उनले भने ।

सरकारले चालु आर्थिक वर्षमा साढे ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षामा राजश्व र खर्च घट्ने संशोधित अनुमान गरे पनि आर्थिक वृद्धिको लक्ष्यमा भने संशोधन गरिएको छैन । राजश्व र खर्चको संशोधित लक्ष्यले साढे ८ प्रतिशत आर्थिक वृद्धि हुने देखिएको थिएन ।

कोरोना कहरले मुलुक लकडाउनमा गएपछि यो झनै सम्भव देखिएन । विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले यसअघि नेपालको आर्थिक विस्तार ५ प्रतिशतसम्म हुने अनुमान सार्वजनिक गरेका थिए ।

यस्तै छिमेकी मुलुक कोरोनाले गर्दा भारतको पनि आर्थिक विस्तार खुम्चिएर साढे २ प्रशितमा सीमित रहने अनुमान गरिएको छ । भारतले ५.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । भारतमा कोरोना सङ्क्रमणको दर बढ्दै गएकाले नेपालमा पनि जोखिम बढेको उनको भनाई छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १० : १७ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर