खुला सीमाबाट भारत प्रवेश गर्न खोज्ने ३५० भारतीय पक्राउ « Khabarhub

खुला सीमाबाट भारत प्रवेश गर्न खोज्ने ३५० भारतीय पक्राउ


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पैदल हिँडेर खुला सीमा क्षेत्रबाट स्वदेश जान खोज्ने ३ सय ५० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले इनरुवा नाकाबाट भारत प्रवेश गर्न खोज्ने ३ सय ५० जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तका अनुसार पक्राउ परेकाहरु पोखरा, चितवन लगायत क्षेत्रबाट पैदल हिँडेर वीरगन्ज आइपुगेका हुन् ।

मंगलबार मध्यराति भारत प्रवेश गर्न खोज्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको एसपी पन्तले बताइन् ।

पक्राउ परेकालाई अहिले वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पस र अर्को एक छात्रबासमा राखिएको छ ।

उनीहरुलाई आएको ठाउँमै फिर्ता पठाउने वा वीरगन्जमा नै क्वारेनटाइनमा राख्ने भन्ने विषयमा छलफल भइरहेको एसपी पन्तको भनाइ छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १० : ३१ बजे

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी