कोरोना संक्रमित युवतीसंगै विमानमा आएका र भेटगरेका युवाको रिपोर्ट नेगेटिभ « Khabarhub

कोरोना संक्रमित युवतीसंगै विमानमा आएका र भेटगरेका युवाको रिपोर्ट नेगेटिभ


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत –  पर्वत कोरोना अस्पतालको आइसोलेसनमा रहेका दुई युवाको रिर्पोट नेगेटिभ आएको छ ।

कोरोना भाइरस संक्रमण भएको पुष्टि भएकी बागलुङ्गकी युवती संगै यति एयरको बिमानमा यात्रा गरेका पर्वतको धाइरिङ्गका एकयुवा र युवती संग भेटघाट गरेका नाङ्गलीबाङ्गका अर्का युवकको पनि रिर्पोट नेगेटिभ आएको हो ।

दुबै युवाको थ्रोट स्वाब सोमबार परिक्षणका लागि काठमाण्डौ पठाइएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दुबैमा कोरोनाकोसंक्रमण नभएको पुष्टि गरेको पर्वत अस्पतालका डा. शिशिर देबकोटाले जानकारी दिए ।

उनीहरु आइसोलेसनबाट डिस्चार्ज भएपनि एक हप्ता सम्म घरमै सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने डा. देबकोटाले बताए ।

पर्वतको जलजला गाउँपालिका वडा नं ७ धाइरिङ्गका ती युवा गत चैत्र ४ गते मध्यान्न १२.४५ को यति एयरको ६७९ नम्बरको उडानबाटयुवती संगै पोखरा आएका थिए भने नाङ्गलीबाङ्गका युवा संक्रमितका नातेदार हुन ।

संक्रमणको आशंका युवाहरुको परिक्षण नेगेटिभ आएपछि उनीहरुको सम्पर्कमा रहेको आधारमा क्वारेन्टाईनमा रहेकाहरुको पनि थ्रोडस्वाब परिक्षण गर्न नपर्ने भएकाले क्वारेन्टाईनमा रहेका पनि होम क्वारेण्टाईनमा बस्ने गरि फिर्ता भएका छन् ।

पर्वतमा अहिले सम्म ४ जना आइसोलेसनमा रहेकाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १० : ४५ बजे

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा