अमेरिकीहरूलाई आगामी दुई साता निकै असहज र चुनौतीपूर्ण : ट्रम्प | Khabarhub Khabarhub

अमेरिकीहरूलाई आगामी दुई साता निकै असहज र चुनौतीपूर्ण : ट्रम्प


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरूलाई आगामी दुई साताको समय निकै असहज र चुनौतीपूर्ण हुने बताएका छन्।

कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्यामा अमेरिकाले  चीनलाई उछिनेको परिस्थितिमा बोल्दै राष्ट्रपति ट्रम्पले अमेरिका ‘अहिलेसम्म कहिल्यै सामना नगरिएको परीक्षामा रहेको’ बताएका हुन् ।

ह्वाइटहाउसले अमेरिकामा महामारीले एक लाखदेखि दुई लाख ४० हजारको बीचमा मानिसहरूको ज्यान लिनसक्ने जनाएको अनुमान गरेको छ ।

विश्वमै सबैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा अहिलेसम्म तीन हजार छ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

अधिकारीहरूले त्यहाँ तीस दिनको सामाजिक दूरी कायम गर्नेजस्ता कदमले सङ्क्रमितको सङ्ख्या कम गर्ने बताएका छन्।

तर सुरुमा यस भाइरसलाई ‘मौसमी रुघाखोकी’ भन्दै कम आँकेको र ढिलो कदमहरू चालेको भन्दै ट्रम्प आलोचित बन्दै आएका छन्।

ट्रम्पले भने चीनमा भाइरसको सङ्क्रमण सुरु भएदेखि नै आफू यसको क्रूरताबारे सचेत भएको बताएका छन्।

पहिलेदेखि नै मानिसहरू नआत्तिउन् भन्ने आफूले चाहेको बताउँदै ट्रम्पले भने: “आशा गरौँ यो महिनाको अन्त्यसम्म यो जानेछ।”

ह्वाइटहाउसका कोरोनाभाइरस मामिला हेर्ने संयोजक डा डेबोरा ब्रिक्सले यस सङ्कटबाट पार पाउन ‘कुनै जादुजस्तो खोप वा चिकित्साविधान नरहेको’ बताइन्।

“तर मानिसहरूको व्यवहारमा परिवर्तन ल्याएर आउँदा तीस दिनमा नयाँ मोड दिन सकिन्छ,” उनले भनिन्।

ट्रम्पले यसअघि आफूले बताएको एउटा औलोविरूद्धको उपचारपद्धति कोभिड १९ का लागि संभवत ‘पूर्णपरिवर्तनकारी’ हुनसक्ने भनाइमा पुन: जोड दिएका छन्।

उनले कोरोनाभाइरसविरूद्धको खोपको प्रगति आफूले अधिकारीहरूलाई दैनिक सोध्ने पहिलो प्रश्न रहने गरेको बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ११ : ०८ बजे

तुइनबाट महाकालीमा खसेर एकजना बेपत्ता

खलङ्गा– तुइनबाट महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् ।

मलेशियामा इस्लामिक स्टेटको प्रचार गर्ने र पैसा उठाउने सञ्जाल ध्वस्त, ३६ बंगलादेशी पक्राउ

काठमाडौं– मलेशियाका सुरक्षा निकायले बंगलादेशी आप्रवासीलाई लक्षित गरी आतंककारी संगठन

‘जनै हराएको मान्छे’ टिजर : ‘मेरो सपना पूरा नहुने बेलासम्म बालाई बूढो नहुनु भन्दे है’

काठमाडौं – ‘पूर्णबहादुरको सारङ्गी’पछि नायक विजय बराल लिड भूमिकामा रहेको

साउनबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुल्ने

काठमाडौं– धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन

व्यावसायिक पत्रकारिता गर्नुपर्नेमा मुख्यमन्त्री आचार्यको जोड

नेपालगन्ज– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक रूपान्तरणका लागि सकारात्मक