लकडाउनका बेला स्वदेश फर्किने क्रममा भारतमा १ नेपालीको मृत्यु | Khabarhub Khabarhub

लकडाउनका बेला स्वदेश फर्किने क्रममा भारतमा १ नेपालीको मृत्यु


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– भारतीय राज्य उत्तराखण्डको मदकोटमा एक जना नेपालीको पुलबाट खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा दार्चुलाको मार्मा गाउँपालिका–२ ठूलथला घर भएका ४२ वर्षीय अगबगरसिंह ठगुन्ना छन् ।

दैनिक मजदुरीका लागि भारत गएका ठगुन्ना आफ्ना अन्य सहकर्मीसँगै घर फर्किन लागेका थिए । तर, मंगलबार मदकोटमा रहेको झोलुङ्गे पुलबाट खसेर उनको मृत्यु आफन्त प्रमानन्द ठगुन्नाले जानकारी दिएका छन् ।

आफन्तहरुले ठगुन्नाको मृत्यु भएको बताए पनि स्थानीय प्रशासनमा त्यसबारे कुनै खबर नपुगेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपेन्द्रबहादुर शाहीले ठगुन्नाको मृत्यु भएको बारे खबर प्राप्त नभएको बताएका छन् ।

मृतकका आफन्तहरुले भने शव ल्याउनका लागि भए पनि नेपाल भारत सीमाको पुल खोलिदिन अनुरोध गरेका छन् ।

सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कम गर्न भन्दै सीमा सिल गरेपछि अहिले करिब ५ सयको संख्यामा नेपालीहरु दार्चुला नाकाबाट स्वदेश फर्किने आशमा सीमापारीका क्षेत्रमा बसिरहेका छन् । तर, स्थानीय प्रशासनले भने उनीहरुलाई स्वदेश भित्र्याउन नसकिने जनाउँदै आएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १२ : १९ बजे

‘कुलिङ पिरियड’ गडबडीबारे छानबिन गर्न गठित समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्छ : रास्वपा

काठमाडौं– रास्वपा प्रमुख सचेतक सन्तोष परियारले कुलिङ अफ पिरियड प्रकरणको

पोखरीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

सप्तरी– अग्नीसाइर कृष्णासवरन गाउँपालिका-३ मतिगडा पूर्वीटोल बस्ने सुभाष चौधरीको छोरा तीन

सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरी– रूपनी गाउँपालिका-६ भटिनिया टोल बस्ने ३५ वर्षीय ध्रुव कुमार भगतको

अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ

चितवन– खैरहनी नगरपालिका-९ स्थित खुरखुरे चोकबाट अवैध लागूऔषध गाँजा करिब ५

‘करिब चार लाख ५० हजार अफगानी इरानबाट स्वदेश फिर्ता’

एजेनसी – इरानले आवश्यक कागजात नभएका व्यक्तिहरूलाई जुलाई ६ सम्म