लकडाउनका बेला स्वदेश फर्किने क्रममा भारतमा १ नेपालीको मृत्यु « Khabarhub

लकडाउनका बेला स्वदेश फर्किने क्रममा भारतमा १ नेपालीको मृत्यु


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– भारतीय राज्य उत्तराखण्डको मदकोटमा एक जना नेपालीको पुलबाट खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा दार्चुलाको मार्मा गाउँपालिका–२ ठूलथला घर भएका ४२ वर्षीय अगबगरसिंह ठगुन्ना छन् ।

दैनिक मजदुरीका लागि भारत गएका ठगुन्ना आफ्ना अन्य सहकर्मीसँगै घर फर्किन लागेका थिए । तर, मंगलबार मदकोटमा रहेको झोलुङ्गे पुलबाट खसेर उनको मृत्यु आफन्त प्रमानन्द ठगुन्नाले जानकारी दिएका छन् ।

आफन्तहरुले ठगुन्नाको मृत्यु भएको बताए पनि स्थानीय प्रशासनमा त्यसबारे कुनै खबर नपुगेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपेन्द्रबहादुर शाहीले ठगुन्नाको मृत्यु भएको बारे खबर प्राप्त नभएको बताएका छन् ।

मृतकका आफन्तहरुले भने शव ल्याउनका लागि भए पनि नेपाल भारत सीमाको पुल खोलिदिन अनुरोध गरेका छन् ।

सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कम गर्न भन्दै सीमा सिल गरेपछि अहिले करिब ५ सयको संख्यामा नेपालीहरु दार्चुला नाकाबाट स्वदेश फर्किने आशमा सीमापारीका क्षेत्रमा बसिरहेका छन् । तर, स्थानीय प्रशासनले भने उनीहरुलाई स्वदेश भित्र्याउन नसकिने जनाउँदै आएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १२ : १९ बजे

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा