विदेशबाट आएकाको घरमा रातो चिह्न « Khabarhub

विदेशबाट आएकाको घरमा रातो चिह्न


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तुको विजयनगर गाउँपालिकाले विदेशबाट आएका व्यक्तिको घरमा रातो चिन्ह राखेको छ ।

गाँउपालिकाको प्रत्येक वडामा सम्बन्धित वडाका जनप्रतिनिधिमार्फत रातो चिन्ह राख्ने काम गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिने त्रासले सावधानी अपनाउँदै बाहिरबाट आएका व्यक्तिको पहिचान गरी उनीहरको घरमा रातो चिन्ह लगाउने कार्य गरिएको विजयनगर गाँउलिकाका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिए ।

भारत वा अन्य मुलुकबाट आएका नागरिकमा कोरोना सङ्क्रमणको उच्च जोखिम रहने भएकाले बाहिरबाट आएका ५ सय जनाको पहिचान भइसकेको र उनीहरुको घर पहिचानका लागि अहिले सम्म ३ सय घरमा रातो चिन्ह राखिएको गाउँपालिका अध्यक्ष थापाले बताए ।

उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको छ ।

विजयनगर गाँउपालिकाको वडा नं १ मा ५२ जना, २ मा ६० र ३ मा ५१ जनाको घरमा रातो चिन्ह लगाइ सकिएको छ भने वडा नंं. ४ मा ५९, ५ मा ७४, ६ मा ३७ र ७ मा ९५ जनाको घरमा रातो चिन्ह लगाउने कार्य जारी रहेको बताइएको छ ।

गाउँपालिकाले बाहिरबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलन गरेपछि यो अभियान चालेको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिए।

रातो चिन्ह राखिएको घरको पहिचान हुनुका साथै सङ्क्रमणबाट सचेत पनि हुने र तथ्याङ्क सङ्कलनमा सहज हुने उनले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  १ : ५७ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम