कोरोना भाइरसबाट बच्न २० जना युवती लिएर जर्मनी भागे थाईल्याण्डका राजा ! « Khabarhub

कोरोना भाइरसबाट बच्न २० जना युवती लिएर जर्मनी भागे थाईल्याण्डका राजा !


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्नो मुलुकमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि जर्मनी भ्रमणमा निस्केका थाइल्याण्डका राजा महा वजिरलङ्कोर्ण यतिबेला एउटा विलासी होटेलमा सेल्फ क्वारेन्टाइनमा बसिरहेको समाचार सार्वजनिक भएको छ ।

बेलयतबाट प्रकाशित हुने द इण्डिपेन्डेन्ट अखबारका अनुसार उनी यतिबेला जर्मनीको दक्षिणी शहर गेर्मिस–पार्टेनकिर्चेनको ग्राण्ड होटेल सोनेबिखलमा बसिरहेका छन् ।

सोही शहरमा रहेका अरु होटेल भने बन्द छन् ।

२० युवती र नोकरचाकरसहित ६७ वर्षे राजालाई सेल्फ क्वारेन्टाइनमा बस्न दिनका लागि प्रशासनले विशेष अनुमति दिएको जनाइएको छ ।

उनीसँगै सेल्फ क्वारेन्टाइनमा बसिरहेका २० जनामध्येमा उनका श्रीमतीहरु छन् कि छैनन् भन्ने अझै स्पष्ट नभइसकेको जर्मनीबाट प्रकाशित हुने बिल्ड अखबारले जनाएको छ ।

यता स्वेदशमा भने राजाको यो कदम निकै अलोकप्रिय बन्न पुगेको छ ।

थाइल्याण्डको सामाजिक सञ्जालमा ‘हामीलाई किन राजा चाहियो’ भन्ने ह्यास्ट्याग ट्रेण्डिङमा छ ।

थाइल्याण्डमा हालसम्म कोरोना भाइरसका कारण १ हजार ७ सय ७१ जना संक्रमित छन् भने कोरोना भाइरसका कारण हालसम्म १२ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  २ : ३६ बजे

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई

सुदूरपश्चिम – नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड

नागरिकप्रति इमान्दार भएर काम गर्नु आजको आवश्यकता : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी

इजरायलले इरानमा नौसैनिक नाकाबन्दीमा अमेरिकालाई सहयोग गर्छ : नेतन्याहु

जेरुसलेम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको