कोरोना भाइरसबाट बच्न २० जना युवती लिएर जर्मनी भागे थाईल्याण्डका राजा ! | Khabarhub Khabarhub

कोरोना भाइरसबाट बच्न २० जना युवती लिएर जर्मनी भागे थाईल्याण्डका राजा !


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्नो मुलुकमा कोरोना भाइरसको प्रकोप बढ्दै गएपछि जर्मनी भ्रमणमा निस्केका थाइल्याण्डका राजा महा वजिरलङ्कोर्ण यतिबेला एउटा विलासी होटेलमा सेल्फ क्वारेन्टाइनमा बसिरहेको समाचार सार्वजनिक भएको छ ।

बेलयतबाट प्रकाशित हुने द इण्डिपेन्डेन्ट अखबारका अनुसार उनी यतिबेला जर्मनीको दक्षिणी शहर गेर्मिस–पार्टेनकिर्चेनको ग्राण्ड होटेल सोनेबिखलमा बसिरहेका छन् ।

सोही शहरमा रहेका अरु होटेल भने बन्द छन् ।

२० युवती र नोकरचाकरसहित ६७ वर्षे राजालाई सेल्फ क्वारेन्टाइनमा बस्न दिनका लागि प्रशासनले विशेष अनुमति दिएको जनाइएको छ ।

उनीसँगै सेल्फ क्वारेन्टाइनमा बसिरहेका २० जनामध्येमा उनका श्रीमतीहरु छन् कि छैनन् भन्ने अझै स्पष्ट नभइसकेको जर्मनीबाट प्रकाशित हुने बिल्ड अखबारले जनाएको छ ।

यता स्वेदशमा भने राजाको यो कदम निकै अलोकप्रिय बन्न पुगेको छ ।

थाइल्याण्डको सामाजिक सञ्जालमा ‘हामीलाई किन राजा चाहियो’ भन्ने ह्यास्ट्याग ट्रेण्डिङमा छ ।

थाइल्याण्डमा हालसम्म कोरोना भाइरसका कारण १ हजार ७ सय ७१ जना संक्रमित छन् भने कोरोना भाइरसका कारण हालसम्म १२ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  २ : ३६ बजे

चट्याङ लागेर बालकको मृत्यु

अछाम– चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम– सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप एक लाख ७६

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

काठमाडौं– इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार

आइपिएलमा आज दिल्ली र राजस्थान भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल