मेडिकल सामग्री खरिदमा अनियमितता गरेको भन्दै स्वास्थ्यमन्त्री ढकाल विरुद्ध अख्तियारमा उजुरी « Khabarhub

मेडिकल सामग्री खरिदमा अनियमितता गरेको भन्दै स्वास्थ्यमन्त्री ढकाल विरुद्ध अख्तियारमा उजुरी


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

ढकाल विरुद्ध चीनबाट मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा उजुरी परेको हो ।

विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाउजुरी गरेका हुन् ।

प्रदेशसभा सदस्य पौडेलले बुधबार अख्तियारको वेबसाइटमार्फत मन्त्री ढकालकाविरुद्ध उजुरी दिएका हुन् ।

सो पार्टीका केन्द्रीय अध्यक्षमिलन पाण्डेले प्रदेश ३ का आफ्नो सांसदले मन्त्री ढकाल विरुद्ध उजुरी दिएको बताए ।

बजार दरभन्दा धेरै  महँगोमा  मेडिकल सामग्री खरिद गरी अनियमितता भएको देखिएको र सबत्र आलोचना हुँदासमेत जवाफ दिनआवश्यक नहरहेको भन्दै  मन्त्री ढकाल पन्छिएको आरोप उजुरीमा लगाइएको छ। 

यी हुन् उजुरीमा लगाइएका आरोपः

१, तीन महिनाअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेर खुलाएको टेन्डर रद्द गरेको,

२, बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको,

३, खरिद कार्य गर्न आफू निकटका व्यापारीलाईरातारात सेटिङ मिलाएको,

४, मेडिकल सामाग्री सप्लाईको अनुभव नै नभएको कम्पनीलाई तीन घन्टामै टेन्डर दिलाएको,

५, वाणिज्यविभागमा दर्ता नै नरहेको कम्पनीको कोटेशन स्वीकृत गरेको,  

६, विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दैविभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको,

७, यस अघिका ठुला भ्रष्टाचारकाण्डहरू वाइड बढी घोटाला, ललितानिवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टर खरिदमा ७० करोडको कमिसन बार्गेनिङ, आदिमा जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्र छानबिनलाई प्रभावित गर्ने गरी प्रधानमन्त्री खड्ग प्रसाद ओलीले यो काण्डमापनि स्वास्थ्य मन्त्रीको बचाउमा अभिव्यक्ति दिएको ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  २ : ५१ बजे

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित