स्वास्थ्य मन्त्रालयले ७ करोड खर्च गरेर किन्यो काम नै नलाग्ने किट | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रालयले ७ करोड खर्च गरेर किन्यो काम नै नलाग्ने किट


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको भाइरस (कोभिड १९) को परीक्षणका लागि भनेर कामै नलाग्ने ‘र्‍यापिड टेस्ट किट’ खरिद गरेको पाइएको छ ।

स्वास्थ्य मन्त्रालयले ओबीसीआई नामक कम्पनीमाफर्त चीनका व्यापारीसँग खरिद गरेका ‘र्‍यापिड टेस्ट किट’ काम नलाग्ने भएको पाइएको हो ।

स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको परीक्षणमा काम नै नलाग्ने ७५ हजार थान ‘र्‍यापिड टेस्ट किट’ ल्याएको हो । विश्व स्वास्थ्य संगठनले समेत प्रयोग नगर्न भनेर भनेर दिएको सुझावलाई लत्याउँदै सरकारले ६ लाख अमेरिकी डलर झन्डै ७ करोड नेपाली रुपैयाँ खर्च गरेर  ‘र्‍यापिड टेस्ट किट’ खरिद गरेको हो ।

स्वास्थ्य मन्त्रालयले काम नै नलाग्ने ‘र्‍यापिड टेस्ट किट’ खरिद गरेको भोलीपल्ट मंगलबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डाक्टर खेम कार्कीले नै ‘र्‍यापिड टेस्ट किट’ विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्न निर्देशन दिएको बताएका थिए ।

‘र्‍यापिड टेस्ट किट बारे बजारमा एकदम धेरै हल्ला भएको छ । यो किट कोरोना भाइरस नेगेटिभ छ कि पोजेटिभ छ भनेर एकदमै छिटो देखाउने खालको टेस्ट किट हो, त्यसको अहिले थुप्रै विवादहरु आएको विश्वभर प्रयोग गर्दा गुणस्तरमा प्रश्न आएको भएकाले विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्ने भनेर निर्णय गरेको छ,’ मंलबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मलेनमा डा कार्कीले भनेका थिए ।

डा कार्कीले ‘र्‍यापिड टेस्ट किट’ले गलत नतिजा समेत दिने भन्दै उक्त टिक प्रयोग नर्गन आग्रह समेत गरेका थिए ।

‘यो र्‍यापिड टेस्ट किटबाट आएको रिजल्टले हुनसक्ने भ्रम र क्षति आकलन नै नगर्ने खालको हुन सक्छ । कसै नेगेटिभ मान्छेलाई पोजेटिभ भनेर देखाइ दियो भने समाजमा समस्या हुनसक्छ,’ डा कार्कीले भने, ‘र्‍यापिड टेस्ट किट प्रयोग भइरहेको भन्ने सुनेका छौं । यो स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनले प्रयोग गर्न अनुमति नदिएकाले  प्रयोग नगर्नुहुन अनुरोध गर्दछु ।’

प्रवक्ता देवकोटाले स्वास्थ्य मन्त्रालयले ६ लाख डलरमा खदिर गरेको किट प्रयोगमा नै नआएको बताए ।

‘म यति मात्र भन्न सक्छु र्‍यापिड टेस्ट किट अहिले हामीले प्रयोग गरेका छैनौं, हामीले अहिले रियल टाइम पीसीआरबाट परीक्षण गरिरहेका छौं,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा देवकोटाले भने, ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सल्लाहमा विश्व स्वास्थ्य प्रयोगशालाको मापदण्ड अनुसार मात्र काम गछौं ।’

स्वास्थ्य मन्त्रालयकै विज्ञ चिकित्सकले प्रयोग गर्न नमिल्ने भनेको किट स्वास्थ्य मन्त्रालयले किन खरिद गर्‍यो  त ? भन्ने  प्रश्नमा मन्त्रालयका प्रवक्ता देवकोटाले स्पष्ट जवाफ दिएनन् ।

‘मलाई के थाहा छ भने अहिले हामीले त्यो किट प्रयोग गरेका छैनौं,’ डा देवकोटाले भने, ‘यो किट प्रयोग हुन्छ कि भनेर वा पछि प्रयोग गर्न हुन्छ होला भनेर खरिद गरिएको होला । हामीले नचाहिने सामाग्री किनेको होइन । पछि विश्व स्वास्थ्य संगठनको डाइरेक्सन पर्खि रहेको होला नि त ।’

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ३ : २५ बजे

पूर्वाधारको अभावले कोरला नाका सञ्चालनमा समस्या

कोरला– गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरलानाकामा अध्यागमन

दक्षिण अफ्रिकी खेलाडीले आईपीएलका बाँकी खेल नखेल्ने

काठमाडौं – टेस्ट विश्व च्याम्पियनसिपको तयारी गर्नुपर्ने भएका कारण दक्षिण

चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते

चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

राज्य व्यवस्था समितिमा कर्मचारी विधेयकमाथि छलफल हुने

काठमाडौं – संघीय संसद्को एक समितिको बैठक बस्दै छ ।