सातवटै प्रदेशबाट कोरोना भाइरस संक्रमण परीक्षण शुरु | Khabarhub Khabarhub

सातवटै प्रदेशबाट कोरोना भाइरस संक्रमण परीक्षण शुरु


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमूना परीक्षण धमाधम भइरहेको छ ।

मङ्गलबार परीक्षणका लागि मेशिन पुगेपछि सातवटै प्रदेशमा नमूना परीक्षण धमाधम भइरहेको जनाइएको छ ।

धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारदेखि नै शुरु भएको हो । अहिले धरानमा दैनिक १२ जनाको स्वाब परीक्षण शुरु गरिएको प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनाले बताए ।

ती सबैको नेगेटिभ रिर्पोट आएको जानकारी उनले दिए । अरूको थप परीक्षण गर्ने तयारी भइरहेको छ ।

यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले मङ्गलबारबाट स्वाब परीक्षण सेवा शुरु गरिएको जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म तीन वटा परीक्षण गरिएकोमा दुई जनाको सङ्क्रमण नदेखिएको र अर्को एक जना भने रिर्पोट आउन बाँकी छ ।

प्रदेश नं. २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ५ को बुटवलमा पनि आज साँझबाट नमूना परीक्षण गर्ने तयारी रहेको कोभिड–१९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिए ।

उनका अनुसार यी चारै स्थानमा नमूना परीक्षणका लागि प्रोटेबल पीसीआर मेशिनसहित सम्पूर्ण सामग्री पुगिसकेको छ ।

यसअघि नै प्रयोगशाला सञ्चालन गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनशक्ति खटाइसकेको छ ।

मन्त्रालयले अहिलेको लागि दैनिक १२ जनाको नमूना परीक्षण गर्ने गरेता पनि चाँडै नै प्रयोगशालाको स्तरवृद्धि गरेर सातवटै प्रदेशबाट दैनिक एक हजार जनाको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको समितिका खनालले जानकारी दिए ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ४ : ०१ बजे

लिपुलेक सम्झौताको विरोधमा भारतीय दूतावास अगाडि मसाल जुलुस (तस्बिरहरू)

काठमाडौं– भारतीय राजदूतावास अगाडि नेकपा एमाले निकट अनेरास्ववियुले विरोध प्रदर्शन

एनपीएल आगामी मङ्सिरमा हुने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी

कृषि विकास बैंकले अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको छ : सिइओ गुरूङ

काठमाडौं– कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले

हामी आपसी संवाद र छलफलबाट प्रत्येक समस्याको छिनोफानो चाहन्छौँ : महासचिव पोखरेल

महोत्तरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले महासचिव

पत्रकारहरू खोज पत्रकारितामा सक्रिय भएर लाग्नुपर्छ : अग्नि सापकोटा

धुलिखेल– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकारहरूले