रगतको कमी हुन नदिन मोबाइल टोली « Khabarhub

रगतको कमी हुन नदिन मोबाइल टोली


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोकथामका लागि लागू गरिएको ‘लकडाउन’ अवधिमा रगतको कमी हुन नदिन नेपाल रेडक्रस सोसाइटीले मोबाइल टोलीमार्फत रगत सङ्कलन गरिरहेको छ ।

लकडाउनका कारण अहिले विभिन्न सङ्घसंस्थाले गर्दै आएको रगत सङ्कलनसमेत रोकिएपछि रगतको अभाव हुन नदिन नियमित काठमाडौँ उपत्यकामा रक्तदाता (स्वयंसेवी)लाई तम्तयारी रहन आग्रह गरिएको छ ।

केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रका निर्देशक डा मनिता राजकर्णिकारले दैनिक रगत अभाव हुन नदिन टोलटोलबाट युवा क्लब, समूहले बोलाएको बेला सम्बन्धित स्थानमा गएर भीडमाड नगरी रगत सङ्कलन गरिरहेको जानकारी दिए । उनले भने “लकडाउन लागू भएदेखि दैनिक २५ देखि ५० युनिटसम्म रगत सङ्कलन भइरहेको छ ।”

सामान्य अवस्थामा दैनिक २०० देखि ३०० युनिट रगत सङ्कलन गरेर मौज्दात हुने गरिएको र सोही अनुपातमा माग पनि रहेको थियो । लकडाउनका कारण अहिले रगतको माग पनि कम भएको रेडक्रसले जनाएको छ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि रेडक्रसले रक्तदातामा ज्वरो परीक्षण गर्ने र यसबारेमा अन्य सोधपुछ गरेरमात्र रक्तदान गर्न आग्रह गर्ने गरेको निर्देशक डा राजकर्णिकारले बताए ।

रेडक्रसमा रगत मौज्दात नभएकाले कमी हुन नदिन विभिन्न रगत समूहका आफ्ना नियमित स्वयंसेवीलाई तयारी अवस्थामा राखेको रेडक्रसका सूचना तथा सञ्चार शाखाका निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

कुनै रगतको समस्या नहोस् भनेर अहिले उपत्यकामा रहेका रक्तदातालाई सम्पर्क गरेर तयारी अवस्थामा बस्न भनिएको छ ।

रक्तसञ्चार सेवा केन्द्रसँग अहिले २५ हजार नियमित रक्तदाता रहेको उहाँले बताउनुुभयो । निर्देशक पौडेलका अनुसार काठमाडौँमा मात्र यही चैत १५ गते ४५ युनिट, १६ गते ३२ युनिट, १७ गते ४४ युनिट र १८ गते ४५ युनिट रगत सङ्कलन गरिएको थियो भने चैत १५ गते ६८, चैत १६ गते ५६, चैत १७ गते ४४ र चैत १८ गते ५५ युनिट रगत वितरण गरिएको छ ।

राजधानीका प्रसूति गृह, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बालअस्पताल, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान अस्पताललगायत करिब एक दर्जन ठूला अस्पतालले रक्तसञ्चार एकाइमार्फत बिरामीलाई चाहिने रगत सकेसम्म बिरामीका आफन्तबाट सट्टामा लिन्छन ।

रगत अभाव हुन नदिन अस्पतालले बिरामीका आफन्तसँग सट्टामा रगत सङ्कलन गरी मौज्दात रगत वितरण गर्दै आएको त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख माधव घिमिरेले जानकारी दिए ।

सकेसम्म बिरामीका आफन्तसँग सट्टामा रगत लिने र कुनै उपाय नभएमात्र सट्टामा रगत नलिई रगत उपलब्ध गराउने गरेको उनले बताए ।

पाटन अस्पतालका शैक्षिक प्रशासन प्रमुख प्रकाश खड्काले अहिलेसम्म अस्पतालमा रगतको कमी नभएको बताउँदै बिरामीलाई चाहिने आवश्यक रगत रेडक्रसको केन्द्रीय रक्त सञ्चार केन्द्रबाट ल्याउने गरेको जानकारी गराए ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ४ : १२ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक