चीनबाट स्वास्थ्य सामग्री ल्याउन गरिएको विवादास्पद ठेक्का सम्झौता रद्द | Khabarhub Khabarhub

चीनबाट स्वास्थ्य सामग्री ल्याउन गरिएको विवादास्पद ठेक्का सम्झौता रद्द


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा परीक्षणसँग सम्बन्धित स्वास्थ्य सामग्री ल्याउन गरेको विवादास्पद ठेक्का सम्झौता रद्द गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट स्वास्थ्य सामाग्री ल्याउन ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) नामक कम्पनीसँग गरेको ठेक्का सम्झौता रद्ध गरेको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले ओबीसीआई कम्पनीसँग ठेक्का सम्झौता रद्ध गरेको जानकारी दिए ।

‘बजार भाउ भन्दा २० प्रतिशत बढी मूल्य छ, हामीले भनेको समयमा भने जति औषधि ल्याउनु भएन, उहाँहरुले मार्च ३० तारिख सम्ममा १० प्रतिशत मात्र सामान ल्याउनुभयो,’ श्रेष्ठले भने, ‘पैसाको हिसाबमा १८ प्रतिशत रकमको सामान ल्याउनु भयो, उहाँहरुले दोस्रो लट भोली पेस गर्नुपर्ने सामाग्री ल्याउन सक्ने अवस्था छैन र अहिलेसम्म ल्याउने प्रतिवद्धता पनि गर्नुभएको छैन, त्यसैले हामीले आज (बुधबार)  त्यो सम्झौता रद्ध गरेका छौं । सम्झौता रद्ध गरेर उहाँहरुलाई उहाँहरुको धरौटी जफत गर्ने र कालो सूचीको लागि प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।’

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको उपचारमा आवश्य पर्ने स्वास्थ्य सामाग्री खरिद गरी आपूर्ति गर्ने गरी ओबीसीआई नामक कम्पनीसँग चैत १४ गते ठेक्का सम्झौता गरेको थियो ।

स्वास्थ्य मन्त्रालयले एक अर्ब २४ करोड रुपैयाँको ठेक्का सम्झौता रद्ध गरेको हो । स्वास्थ्य मन्त्रालयले सो कम्पनीमाफर्त केही स्वास्थ्य सामाग्री नेपाल ल्याएर प्रदेशहरुमा वितरण समेत गरिसकेको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठले स्वास्थ्य सामाग्री ल्याउन बिहीबार अर्को टेन्डर प्रक्रिया शुरु गर्ने पनि बताए । उनले पहिलो चरणमा स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा टेन्टर हालेका व्यावसायीसँग पुन: छलफल गरी उनीहरुले दिनसक्ने र थप आवश्यक पर्ने स्वास्थ्य सामाग्री ल्याउने बताए ।

यसअघि टेन्डर हालेका व्यवसायीसँग ३ दिनभित्र सम्झौता गरी सामाग्री खरिद प्रक्रिया अघि बढाइने श्रेष्ठको भनाइ छ ।  अब सस्तो र ५ दिनभित्र स्वास्थ्य सामाग्री ल्याउने कम्पनीसँग सम्झौता गरिने श्रेष्ठले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ४ : ४४ बजे

पूर्वाधारको अभावले कोरला नाका सञ्चालनमा समस्या

कोरला– गत कात्तिक १४ गते गृहमन्त्री रमेश लेखकले कोरलानाकामा अध्यागमन

दक्षिण अफ्रिकी खेलाडीले आईपीएलका बाँकी खेल नखेल्ने

काठमाडौं – टेस्ट विश्व च्याम्पियनसिपको तयारी गर्नुपर्ने भएका कारण दक्षिण

चितवन रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते

चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

राज्य व्यवस्था समितिमा कर्मचारी विधेयकमाथि छलफल हुने

काठमाडौं – संघीय संसद्को एक समितिको बैठक बस्दै छ ।