उपचार नगरी बिरामी फर्काउने अस्पताललाई तत्काल कारबाही गर्न निर्देशन « Khabarhub

उपचार नगरी बिरामी फर्काउने अस्पताललाई तत्काल कारबाही गर्न निर्देशन


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश नं २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले न्यूनतम व्यवसायिक धर्म, काम, कर्तव्य र दायित्व निर्वाह नगर्ने अस्पताल तथा नर्सिङ होमलाई तत्काल अनुसन्धान र कारवाहीको दायरामा ल्याउन प्रदेशका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गरेको छ ।

मन्त्रालयका सचिव कृष्णहरि पुष्करले प्रदेशअन्तर्गतका सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, पर्सा र रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई मङ्गलवार पत्राचार गरी आवश्यक कारवाहीका लागि निर्देशन दिएका हुन् ।

केही स्वास्थ्य संस्थाले बिरामीलाई आधारभूत सेवा नदिएको, मानबोचित व्यवहार नगरेको, सामान्य जाँच नगरी फर्काउने गरेको जस्ता गुनासाहरु आइरहेकाले मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको सो पत्रमा उल्लेख गरिएको छ ।

कोभिड–१९ को महामारीले आक्रान्त बनाएको यो विषम परिस्थितिमा यस्ता अमानवीय घटना भइरहँदा राज्य मुकदर्शक भएर नबस्ने उल्लेख गरिएको छ । सो पत्रमार्फत त्यस्ता संस्थाको दर्ता खारेजीदेखि लिएर यस महामारी र लकडाउनको अवधिभर अर्को व्यवस्था नहुञ्जेलसम्म नियन्त्रणमा लिई त्यस्ता अस्पताल र नर्सिङ होममा स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न, गराउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको हो ।

यसका साथै त्यस्ता अस्पताल र होममाथि जिल्लास्तरबाट कारवाहीको प्रक्रिया अगाडि बढाइ माथिल्लो निकायमा कारवाहीका लागि सिफारिस गर्नसमेत निर्देशन दिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ५ : ०५ बजे

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर