नेपालका यी अस्पतालमा हुन्छ कोरोना भाइरसको उपचार « Khabarhub

नेपालका यी अस्पतालमा हुन्छ कोरोना भाइरसको उपचार


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमण उपचारका लागि सातै प्रदेशमा अस्पतालको व्यवस्था गरेको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात प्रदेशका कुन कुन अस्पतालमा कोरोना संक्रमणसम्बन्धी उपचार हुन्छ भन्नेबारे सूची सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयुर्वेद रिसर्च सेन्टर र नेपाली सेनाको अस्पतालमा कोरोनासम्बन्धी उपचारको व्यवस्था गरिएको छ ।

त्यसैगरी प्रदेश नम्बर १ मेची अस्पताल र उदयपुर अस्पताल, प्रदेश नम्बर २, जनकपुर अस्पताल र बारा अस्पताल, बागमती प्रदेश भक्तपुर अस्पताल र सिन्धुली अस्पताल, गण्डकी प्रदेश धौलागिरी अस्पताल र गोरखा अस्पताल, प्रदेश नम्बर ५ लुम्बिनी अस्पताल र तम्घास अस्पताल, कर्णाली प्रदेश सुर्खेत अस्पताल, दैलेख अस्पताल र सुदूरपश्चिम प्रदेश सेती अस्पताल र महाकाली अस्पतालमा कोरोना भाइरस संक्रमणको उपचार हुने व्यवस्था मिलाइएको छ ।

यस्तै सातै प्रदेशका प्रदेशस्तरीय ६३ वटा अस्पतालबाट पनि कोरोनासम्बन्धी उपचार सेवा लिन सकिने मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा जिल्ला स्तरीय अस्पताल १३ वटा, प्रदेश २ मा ५ वटा, बागमती प्रदेशमा १० वटा, गण्डकी प्रदेशमा १० वटा, प्रदेश नम्बर ५ मा ९ वटा, कर्णाली प्रदेशमा ८ वटा, सुदुरपश्चिम प्रदेशमा ८ वटा अस्पताल छन् ।

यसैगरी बीपी कोइराला विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स चितवन, गण्डकी मेडिकल कलेज पोखरा, जानकी मेडिकल कलेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं मेडिकल कलेज, किस्ट मेडिकल कलेजबाट कोरोना संक्रमण सम्बन्धी उपचार लिन सकिने मन्त्रालयको सूचीमा उल्लेख गरिरएको छ ।

यस्तै धुलिखेल अस्पताल, लुम्बिनी मेडिकल कलेज, नेपालगन्ज मेडिकल कलेज, नोबल मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल, युनिभर्सल मेडिकल कलेज, मणिपाल मेडिकल कलेज, नेसनल मेडिकल कलेजबाछ पनि यो सेवा लिन सकिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ५ : २८ बजे

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ

आईपीएल : चेन्नईविरुद्ध ब्याटिङ गरिरहेको मुम्बईले चौथो विकेट गुमायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार चेन्नई सुपर