कोरोना भाइरस सन्त्रासः आवागमन बढेपछि झोलुङ्गे पुलमै ताल्चा | Khabarhub Khabarhub

कोरोना भाइरस सन्त्रासः आवागमन बढेपछि झोलुङ्गे पुलमै ताल्चा


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- विश्वव्यापी महामारीको रुपमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै नेपालमा जोखिम रोक्न सरकारले मुलुकभर लकडाउन गरे पनि उपत्यका बाहिरका त्यसको प्रभाव कम परेको छ ।

सरकारले लागू गरेको लकडाउन कार्यान्वयनका लागि स्थानीय तहले पनि आ-आफ्नो क्षेत्रबाट विभिन्न कदम चालिरहेका छन् । तरपनि उल्लंघनका घटना रोकिएका छैनन् ।

सरकाले लागू गरेको लकडाउनको उल्लंघन हुन नदिँन प्रहरीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ र गोरखाको भीमसेन थापा गाउँपालिका–८ जोड्ने पुलमा ताल्चा लगाएको छ ।

दुई जिल्लाका मानिसहरुका आवागमन बढ्न थालेपछि कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रहरीले पुलमा नै ताल्चा लगाएको हो ।

आफ्नो वडा भन्दा बाहिरको मानिसहरु घुम्न, आवतजावत गर्न, ससुराली, आफन्त भेटघाट गर्न भन्दै मान्छेहरु गाउँमा आउने क्रम बढ्न थालेपछि प्रहरी र स्थानीयवासीकै सक्रियतामा झोलुङ्गेपुलमा आवतजावत गर्न रोक लगाइएको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ८ : ५१ बजे

सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी

काठमाडौं – वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन कृष्ण

आज २०८२ साल भदौ २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन

तत्काल उचित निकास दिन तरुण दलको आग्रह

काठमाडौं – नेपाल तरुण दलले जेन्जी आन्दोलनका क्रममा भएको हिंसा