श्रमजिवी पत्रकारकालाई राहत प्याकेजको घोषणा गर्न माग « Khabarhub

श्रमजिवी पत्रकारकालाई राहत प्याकेजको घोषणा गर्न माग


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले श्रमजिवी पत्रकारहरुका लागि विशेष राहत प्याकेजको घोषणा गर्न माग गरेका छन् ।

कोरोना भाइरसको महामारीका कारण उत्पन्न कठिन परिस्थितिका बावजुद पत्रकारहररू अहोरात्र खटेर काम गरिरहेको अवस्थामा सरकारले उनीहरुका लागि विशेष राहत प्याकेजको घोषणा गर्नुपर्ने माग गरेका हुन् ।

आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष अर्यालले भनेका छन्, ‘ श्रमजिवी पत्रकारहरु अहिलेको अवस्थामा आफ्नो ज्यान नै जोखिममा राखेर आम नागरिकलाई सुसूचित गर्न कार्यस्थलमा अहोरात्र खटिरहेका छन् । फ्रन्टलाईनमा रहेर काम गर्नुपर्ने अवस्था छ र गरिरहेका पनि छन् । तर सरकारले घोषणा गरेको राहत प्याकेजमा उनीहरुका सम्बन्धमा केही बोलिएको छैन ।’

सरकारले घोषणा गरेको राहत प्याकेजमा श्रमजीवी पत्रकार र आम सञ्चामाध्यम छुटेको हुँदा उनीहरुका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्न उनले अपिल गरेका हुन् ।

उनले श्रमजीवी पत्रकारहरुको स्वास्थ सुरक्षाका लागि पनि सरकारले आवश्यक ध्यान दिनपर्ने उल्लेख गरेका छन् । कार्यस्थलमा खटिएका श्रमजीवी पत्रकारहरुको स्वास्थ्य सुरक्षा लगायतका विषयमा सम्बन्धित आमसञ्चार प्रतिष्ठान थप गम्भीर बन्न र आवश्यक प्रबन्ध मिलाउन समेत अनुरोध गरेका छन् ।

उनले संकटपूर्ण घडीमा कतिपय श्रमजीवी पत्रकारहरुले समयमै पारिश्रमिक नपाउँदा आर्थिक समस्या झेल्नुपरेको गुनासो आएकोले सम्बन्धित आमसञ्चार प्रतिष्ठानले मानवीय हिसाबले समेत यो समस्याको समाधान गर्न आग्रह गरेका छन् ।

उनले अहिलेको संकटको घडीमा मोफसलका श्रमजीवीहरूले संचालन गरेका स्वरोजगार मुलक र साना लगानीका मिडिया थप आर्थिक संकटमा भएको हुँदा उनीहरुका लागि राज्यकातर्फबाट ठोस आर्थिक राहतको आवश्यकता रहने समेत उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ८ : ३३ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय