बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले औंल्यायो कोरोना रोकथाममा सरकारका ८ कमजोरी (बिज्ञप्ति सहित) « Khabarhub

बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले औंल्यायो कोरोना रोकथाममा सरकारका ८ कमजोरी (बिज्ञप्ति सहित)


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले नेपालमा कोरोना भाइरसको जोखिम रोक्नका लागि सरकाले चालेको कदमलाई लिएर विभिन्न कमजोरीहरु औंल्याएको छ ।

पार्टीका महासचिव वैद्यले बुधवार विज्ञप्ति जारी गर्दै विभिन्न ८ वटा कमजोरी सहित सुझाव दिएका छन् । जसमा  सीमा क्षेत्रमा अलपत्र नेपालीहरुको सरकारले उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् ।

विज्ञप्तिमा परीक्षणलाई विस्तार गरी संक्रमितहरु पत्ता लगाउने र तिनीहरुलाई आइसोलेसनमा राखी बाँकीलाई संक्रमित हुन नदिन समेत माग गरिएको छ । हाल सरकारले एक हजार साठी जनाको मात्र परीक्षण गरी नेपालमा जम्मा ५ जना संक्रमित भएको भनेर आत्मरति गरिरहेको समेत आरोप लगाइएको छ ।

‘यो अत्यन्त गैर जिम्मेवारपूर्ण काम हो। परीक्षणलाई जति धेरै विस्तार गरिन्छ त्यति छिटो यो महामारीबाट छुटकारा पाउने सम्भावना रहन्छ भन्ने कुरामा हाम्रो पार्टी सरकारको विशेष ध्यानाकर्षण गर्न चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ।

सरकारले कोरोना नियन्त्रणका लागि केही घोषणा गरेको भए पनि व्यवहारमा लागू नहुँदा जनताको आँखामा छारो हाल्ने काम मात्र भएका बताइएको छ।

‘कोरोनाको बहानामा उपचार नपाएर मरिराखेका त छैनन् ? बुटवल र वीरगंजमा भएका मृत्युको कारण के हो ? चिकित्सकहरुबाट नै अन्तर्विरोधी कुराहरु बाहिर आइरहेको सन्दर्भमा यथार्थ के हो ? यसबारे सरकार बोल्नु पर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

यस्तो छ बिज्ञप्तिको पूर्ण पाठः

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ९ : १६ बजे

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ

आईपीएल : चेन्नईविरुद्ध ब्याटिङ गरिरहेको मुम्बईले चौथो विकेट गुमायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार चेन्नई सुपर

सङ्कटालाई पराजित गर्दै आर्मी महिला गोल्डकपको फाइनलमा

कास्की – पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ

अमेरिकालाई जवाफ दिन इरानी सेना तयारी अवस्थामा छ : इरानी सैन्य अधिकारी

काठमाडौं – इरानका वरिष्ठ सैन्य अधिकारी मोहम्मद जाफर असदीले अमेरिका