रेडियो नेपालकी प्रथम गायिका अधिकारीको निधन « Khabarhub

रेडियो नेपालकी प्रथम गायिका अधिकारीको निधन


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा निधन भएको छ। सिनमंगलस्थित काठमाडौं मेडिकल कलेजमा उनको निधन भएको परिवारले जनाएको छ ।

रानुदेवीको बाल्यकाल वनारसमा बितेको थियो, त्यहीँ रहदै उनमा शास्त्रीय संगीतप्रति लगाव बसेको थियो । तारिणीप्रसाद कोइरालाको प्रेरणामा उनी राणा शासनविरुद्धको लडाइँमा कला र सांगीतिक मोर्चामा होमिएकी थिइन् ।

उनको वि.स. २००६ सालमा रेडियो नेपालमा ६ गीत रेकर्ड भएका थिए । त्यसअगावै पनि उनी विराटनगरमा जागरण गीत गाउने गर्थिन । उनका ‘जुनेली रात हजुर…’, ‘जागे नेपाली उठे नेपाली…’ लगायतका गीत चर्चित छन् ।

इतिहासमा स्नात्तकोत्तर रानुदेवीले विक्रम संवत् २०२३ सालदेखि २०५३ सम्म अध्यापन गरेकी थिइन् ।उनका एक छोरा र दुई छोरी छन् ।

रानुदेवीले राणाशासन विरुद्धको लडाइँमा गीत गाउँदै हिँडेकी थिइन् । उनले वि.सं. २००६ मा रेडियो नेपालमा गीत रेकर्ड गराएकी थिइन् ।

‘जुनेली रात हजुर’, ‘जागे नेपाली उठे नेपाली’ लगायतका गीतमा स्वर दिएर चर्चामा रहेकी रानुदेवी शास्त्रीय संगीतमा रुचि राख्थिन् ।

रानुदेवीका एक छोरा र दुई छोरी छन् । रानुदेवीका एक छोरा र एक छोरी अमेरिकामा बस्दै आएका छन् भने कान्छी छोरी काठमाडौं बस्ने गर्छिन् । उनको शुक्रवार बिहानै अन्त्यष्टि गरिएको जनाइएको छ ।

 

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ८ : ५५ बजे

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ