बहराइनमा थप ३१ जना नेपालीलाई कोरोना संक्रमण, संक्रमितको संख्या १५७ पुग्यो « Khabarhub

बहराइनमा थप ३१ जना नेपालीलाई कोरोना संक्रमण, संक्रमितको संख्या १५७ पुग्यो


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बहराइनमा थप ३१ जना नेपाली श्रमिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संगै बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या १५७ पुगेको छ ।

बहराइनस्थित नेपाली दूतावासका अनुसार यसअघि १२६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो ।

बहराइन सरकारले सबै नेपालीको आफ्ना नागरिक सरह नै उपचार गरिरहेको र अवस्था सामान्य रहेको दूतावासको भनाइ छ ।

यस्तै, दूतावासले कोरोनाका कारण समस्या पर्ने नेपाली श्रमिकलाई आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ ।

समस्यामा पर्ने नेपालीको एकीकृत विवरण लिने र समस्या समाधानका लागि सहजीकरण गर्ने दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बहराइनमा समस्यामा पर्ने नेपाली श्रमिकलाई विवरण टिपाउनका लागि पहल गर्न दूतावासले नेपाली समुदाय र संघसंस्थालाई पनि आग्रह गरेको छ । बहराइनमा झण्डै ३० हजार नेपाली कार्यरत रहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ९ : १२ बजे

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका