६० हजार भन्दा धेरै कोरोना परीक्षण, कुन प्रदेशमा कति आइसोलेसनमा « Khabarhub

६० हजार भन्दा धेरै कोरोना परीक्षण, कुन प्रदेशमा कति आइसोलेसनमा


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हालसम्म नेपालमा कोरोना भाइरसको परीक्षण संख्या ६० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार अपराह्‍नसम्म पीसीआर विधिमार्फत १२ हजार ५ सय ७७ र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिमार्फत ४७ हजार ७ सय ९७ गरी कुल ६० हजार ३ सय ७४ वटा परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले गत २४ घण्टामा मात्र १ हजार ४ सय ६१ जनाको कोरोना परीक्षण गरिएको बताए ।

उनका अनुसार प्रदेश नम्बर १ मा ५ हजार ८९, प्रदेश नम्बर २ मा ५ हजार ६ सय १७, बागमती प्रदेशमा ८ हजार ४ सय ९४, गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश नम्बर ५ मा ४ हजार ३५, कर्णाली प्रदेशमा ५ हजार ५ सय ६७ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ५ सय ८४ वटा परीक्षण गरिएको छ ।

शुक्रबार ९४ जना सम्‍भावित संक्रमित र संक्रमित आइसोलेसनमा रहेका छन्। तीमध्ये काठमाडौं उपत्यकामा ५ जना र काठमाडौंबाहिर ८९ जना रहेका छन्।

उनका अनुसार क्वारेन्टाइनमा बस्‍नेहरूको संख्या देशभर २४ हजार ९ सय ७ जना पुगेको छ।

तीमध्ये प्रदेश नम्बर १ मा २ हजार ८ सय ७७ जना, प्रदेश नंम्बर २ मा १ हजार ३ सय ३२ जना, बागमती प्रदेशमा ५ सय ३८ जना, गण्डकी प्रदेशमा ७ सय ८ जना, प्रदेश नम्बर ५ मा १२ हजार १ सय ६३ जना कर्णाली प्रदेशमा ३ हजार ७ सय २४ ज६ना र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ६५ जना रहेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ६ : ५६ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा