६० हजार भन्दा धेरै कोरोना परीक्षण, कुन प्रदेशमा कति आइसोलेसनमा « Khabarhub

६० हजार भन्दा धेरै कोरोना परीक्षण, कुन प्रदेशमा कति आइसोलेसनमा


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हालसम्म नेपालमा कोरोना भाइरसको परीक्षण संख्या ६० हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार अपराह्‍नसम्म पीसीआर विधिमार्फत १२ हजार ५ सय ७७ र र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिमार्फत ४७ हजार ७ सय ९७ गरी कुल ६० हजार ३ सय ७४ वटा परीक्षण गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले गत २४ घण्टामा मात्र १ हजार ४ सय ६१ जनाको कोरोना परीक्षण गरिएको बताए ।

उनका अनुसार प्रदेश नम्बर १ मा ५ हजार ८९, प्रदेश नम्बर २ मा ५ हजार ६ सय १७, बागमती प्रदेशमा ८ हजार ४ सय ९४, गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश नम्बर ५ मा ४ हजार ३५, कर्णाली प्रदेशमा ५ हजार ५ सय ६७ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ५ सय ८४ वटा परीक्षण गरिएको छ ।

शुक्रबार ९४ जना सम्‍भावित संक्रमित र संक्रमित आइसोलेसनमा रहेका छन्। तीमध्ये काठमाडौं उपत्यकामा ५ जना र काठमाडौंबाहिर ८९ जना रहेका छन्।

उनका अनुसार क्वारेन्टाइनमा बस्‍नेहरूको संख्या देशभर २४ हजार ९ सय ७ जना पुगेको छ।

तीमध्ये प्रदेश नम्बर १ मा २ हजार ८ सय ७७ जना, प्रदेश नंम्बर २ मा १ हजार ३ सय ३२ जना, बागमती प्रदेशमा ५ सय ३८ जना, गण्डकी प्रदेशमा ७ सय ८ जना, प्रदेश नम्बर ५ मा १२ हजार १ सय ६३ जना कर्णाली प्रदेशमा ३ हजार ७ सय २४ ज६ना र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ६५ जना रहेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ६ : ५६ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा