'लकडाउन'का कारण नेपाल रोकिएका थाइ नागरिक स्वदेश फिर्ता | Khabarhub Khabarhub

‘लकडाउन’का कारण नेपाल रोकिएका थाइ नागरिक स्वदेश फिर्ता


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लकडाउनका कारण नेपालमा रोकिएका थाइ नागरिकलाई लिएर थाई एयरको विमान थाइल्याण्ड प्रस्थान गरेको छ ।

शुक्रबार २७ थाई नागरिक लिएर थाई एयरको जहाज बैंकक उडेको हो । थाई एयरको वाइडबडी जहाजले थाई नागरिक बोकेर आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककका लागि उडान भरेको विमानस्थलले जनाएको हो ।

नेपालस्थित दूतावासको समन्वयमा थाइल्याण्डका नागरिकलाई स्वदेश फर्काइएको हो ।

यसैबीच बुद्धएयरले बङ्गलादेशको ढाकामा चार्टर्ड उडान गरेको छ । नेपालमा लकडाउनका कारण रोकिएका १६ बङ्गलादेशी नागरिक लिएर ढाका उडेको बुद्धको एटिआर जहाज आजै काठमाडौँ फर्किएको कम्पनीले जनाएको छ ।

बुद्धको ढाकामा यो तेस्रो चार्टर्ड उडान हो । यसअघि यही वैशाख १७ गते ढाकामा उडान गरेको थियो । मेडिकल कलेजमा अध्ययनरत एक नेपाली विद्यार्थीलाई उनीहरुका अभिभावकले बुद्धको जहाज चार्टर्ड गरी काठमाडौँ ल्याएका थिए ।

अघिल्लो पहिलो चार्टर्ड उडानमा पनि बुद्धको जहाजले बङ्गलादेशी नागरिकलाई उनीहरुको मुलुक पुर्‍याइदिएको थियो । चार्टर्ड उडानका लागि आवश्यक स्वास्थ्य सुरक्षालगायत सबै मापदण्ड पूरा गरी नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएर उडान गरिएको कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ७ : १३ बजे

दीर्घरोगका लागि औषधिको लागत संकलन गर्दै कामपा

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकहरूले

चीन अमेरिकासँग सहकार्य गर्न तयार : उपराष्ट्रपति हान

एजेन्सी – चीनका उपराष्ट्रपति हान झेङले चीन र अमेरिकाबीचको द्विपक्षीय

ग्रामीण सडक व्यवस्थित नहुँदा यातायात जोखिमपूर्ण

उदयपुर– पहाडी क्षेत्रका ग्रामीण सडक ग्राभेलिङ तथा कालोपत्रे नहुँदा यातायात

भरतपुरको सडकमा युवकमाथि लात्ती बर्साउने असई निलम्बित

चितवन- चितवनको भरतपुर महानगरपालिकास्थित बाइपास सडकखण्डमा एक युवकमाथि लात्ती बर्साउने

माघ ४ को साइतमा विवाह भएन ? अझै बाँकी छ अर्को लगन

काठमाडौं– यो माघको महिना हो । यो महिनामा पनि धेरैको