बाँकेको ठुरियामा सवारी दुर्घटना, ११ जनाको घटनास्थलमै मृत्यु « Khabarhub

बाँकेको ठुरियामा सवारी दुर्घटना, ११ जनाको घटनास्थलमै मृत्यु


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी – २ ठुरियामा सवारी दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा फोर्स गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

बाँके प्रहरीका अनुसार, नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट सल्यान गईरहेको अवस्थामा दुर्घटना भएको हो। दुर्घटनामा सवारी चालक समेत गरि जनाको ११ को मृत्यु भएको छ । जसमा १० पुरुष र एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् ।

घाइतेहरुको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । त्यसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । नाकाबाट नेपाल प्रवेश गरेका उनीहरूलाई सल्यान पठाइदै गर्दा दुर्घटना भएकाले उनीहरू सबै सल्यानकै हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ६ : १२ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै