बलिउड संगीतकार वाजिद खानको मृत्यु | Khabarhub Khabarhub

बलिउड संगीतकार वाजिद खानको मृत्यु


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चर्चित बलिउड संगीतकार, निर्देशक तथा गायक वाजिद खानको सोमबार विहान मृत्यु भएको छ ।

४२ वर्षको उमेरमा सोमबार बिहान उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । संगीतकार समिल मर्चेन्टले वाजिदको मृत्यु भएको पुष्टि गरेका हुन्।

स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएपछि वाजिद केही दिन अगाडि मुम्बईको चेम्बुरस्थित सुराना अस्पताल भर्ना गरिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । केही दिन अगाडि उनमा कोरोना पोजेटिभ समेत पुष्टि भएको थियो।

उनी मिर्गौलासम्बन्धी समस्याबाट पीडित रहँदै आएका थिए। उनले केही महिना अगाडिमात्र मिर्गौला प्रत्यारोपण गरेका थिए।

वाजिद आफ्नै दाइ साजिद खानसँग जोडीका रुपमा इन्डस्ट्रीमा सक्रिय थिए। सलमान खानको फिल्म ‘प्यार किया तो डरना क्या’बाट बलिउडमा डेब्यू गरेको यो सांगीतिक जोडीले हेलो ब्रदर, तुम्को ना भूल पाएंगे, गर्व, मुझ्से सादी करोगे, वीर, दबंगका तीन संस्करण लगायत फिल्ममा गीत/ संगीत दिएका छन्।

वाजितको निधनमा संगीतकर्मी र बलिउडकर्मीहरूले शोक व्यक्त गरेका छन्।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  ९ : ४९ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा