पशु पन्छीबाट कोरोनाको संक्रमण नफैलिएको चिनयाँ वैज्ञानिकको दाबी « Khabarhub

पशु पन्छीबाट कोरोनाको संक्रमण नफैलिएको चिनयाँ वैज्ञानिकको दाबी


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनका वैज्ञानिकहरुले वुहानस्थित पशुपन्छी बजारबाट कोरोना भाइरसको संक्रमण नफैलिएको दाबी गरेका छन् ।

कोरोनाभाइरसको महामारी सुरु भएको झण्डै ५ महिनापछि वैज्ञानिकहरुले चीनको वुहानस्थित पशुपन्छी बजारबाट कोरोनाभाइरस फैलिएको भन्ने यसअघिको रिपोर्टलाई खारेज गरेका हुन् ।

द सनको रिपोर्ट अनुसार  वैज्ञानिकहरुले वुहानको वेट मार्केटको भूमिका ‘स्रोत’को रुपमा नभइ ‘सुपर स्प्रेडर’को रुपमा भएको बताएका छन् । यद्यपि यस विषयमा विश्व स्वास्थ्य संगठनको कुनै टिप्पणी आएको छैन ।

वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका विशेषज्ञहरुले यसअघिको रिपोर्टको खण्डन गर्दै कोरोना संक्रमणको पहिलो केस वुहानको वेट मार्केटबाट नआएको बताएका छन् ।

महामारीको सुरुवातमा शोधकर्ताहरुले वुहानको हुनानस्थित वेट मार्केटबाट फैलिएको रिपोर्ट सार्वजनिक गरेका थिए । अहिले चीनका वैज्ञानिकहरुले यो रिपोर्ट गलत भएको बताएका छन् ।

वाल स्ट्रिट जर्नलमा प्रकाशित रिपोर्टअनुसार चीनको सेन्टर्स फर डिजिज कन्टेल एण्ड प्रिभेन्सन (सीडीसी)का निर्देशक गाओ फूले वुहानको पशुपन्छी बजारबाट दोस्रो पटक नमूना लिएपछि रिपोर्ट नेगेटिभ आएको बताएका छन् ।

 

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  १० : ५३ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान