६९ नेपालीसहित २३२ जनालाई लिएर उड्यो कोरियन एयरलाइन्सको जहाज | Khabarhub Khabarhub

६९ नेपालीसहित २३२ जनालाई लिएर उड्यो कोरियन एयरलाइन्सको जहाज


१९ जेठ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ६९ जना नेपालीसहित २३२ यात्रु लिएर कोरियन एयरलाइन्सको विमान कोरिया प्रस्थान गरेको छ ।

विमानमा कोरियाको पीआर भएका तथा काम गर्ने अनुमति पाएका कामदारसहित ६९ नेपाली यात्रु सवार थिए ।

विमान आजै बिहान आएर बिहान ११ बजे कोरिया प्रस्थान गरेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

यसैबीच आजै नेपाल एयरलाइन्सका तीन विमानले हङकङको उडान भर्ने भएका छन् ।

राति आठ, साढे आठ र नौं बजे नेपाल एयरलाइन्सका तीन जहाजले हङकङ उडान भर्ने पनि प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार हङकङमा बसोबास गर्ने नेपाली र नेपालमा रहेका हङकङबासीलाई तीन उडानमार्फत लगिने छ ।

दुई एयरवस ३२० र एक एयरवस ३३० हङकङ जानेछन् ।

प्रकाशित मिति : १९ जेठ २०७७, सोमबार  १ : ४३ बजे

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक

आज गोरखा भूकम्पको सम्झना

काठमाडौं – वि‍.सं. २०७२ वैशाख १२ गते शनिबार ११ बजेर

यी प्रदेशमा हुनेछ हावाहुरीसहितको वर्षा

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल